अन्तरवार्ता

गण्डकी प्रदेश आत्मनिर्भर बन्छ: पुन

पोखरा, २८ असार
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अघि बढेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् ।
तमु भाङग्रा हस्तकला उद्योगको आयोजना, मन्त्रालयको सहयोग र ङ्योए तमुधिँको व्यवस्थापनमा सञ्चालित २ महिने भाङग्रा तथा ढाका बुनाई तालिम समापनमा मन्त्री पुनले सीपलाई अर्थमा रुपान्तरण गर्ने गरि उद्यमशिल समाजका लागि मन्त्रालय अघि बढेको जानकारी बताइन् ।
‘हामीले स्वारोजगार कार्यक्रमलाई जोड दिएका छौ । समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो लक्ष्य हो’, मन्त्री पुनले भनिन् ।
राज्यको ढुकुटी दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमै स्वरोजगार गराउने रहेको भन्दै सीप सिकेर प्रमाण पत्र शिरानीमा राख्ने काम नगर्न आग्रह गरिन् । उनले सरकार नजिक रहेकाले अब निगरानी बढाएर परिणाममुखी तालिमलाई प्राथमिकता दिने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य गायत्री गुरुङले उद्यमशिल समाज निर्माण दायित्व राज्यसँगै नागरिकको पनि भएको बताइन् । सीपको सदुपयोग गरेर आत्मनिर्भर बने घर टोल हुँदै राष्ट्र समृद्ध हुने उनको भनाइ थियो ।
घरेलु उद्योग कास्कीका प्रमुख चक्रपाणि गौतमले सरकारले उद्योग व्यवसायलाई निकै प्राथमिकता दिएर कार्यक्रम ल्याएको भन्दै स्वरोजगार बन्न चाहनेका लागि विभिन्न तालिम प्रदान गरेको जानकारी दिए ।
स्वस्तिक हस्तकला उद्योगका संचालक सीता गुरुङले हस्तकलाको बजारीकरणमा अझै समस्या रहेको बताइन् ।
गण्डकी प्रदेशमा भाङ्ग्राको माग राम्रो रहेकाले दिदिबहिनीलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरेको तमु भाङ्ग्रा उद्योगका संचालक एवं कार्यक्रमका अध्यक्ष पवित्र गुरुङले जानकारी दिइन् । ५ जना प्रशिक्षकद्वारा प्रदान गरिएको २ महिने तालिममा ९० जनाले सहभागिता जनाएका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here