अन्तरवार्ता

गरिमा विकास बैंक हात्तीगौंडामा

पोखरा, २६ कात्तिक
गरिमा विकास बैंकले मंगलबार बुढानिलकण्ठ नगरपालिका ७, हात्तीगौंडामा शाखा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्वव प्रसाद खरेलले गरेका हुन् । कार्यक्रम विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यमशिलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको बताए ।
गरिमा विकास बैंकले काठमाडौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदानगर्दै आईरहेको छ ।
विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here