अन्तरवार्ता

चाबहिलस्थित मुल सडकै घर भत्कियो, मान्छे पुरिएको आशंका

चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको घर भत्किएको छ ।

बुधबार दिउँसो भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको समेत आशंका गरिएको छ । भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए ।

घाइते हुनेमा रामबहादुर कुवँर र दीपक मगर रहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले बताए।

घाइतेको दुवैको दिर्घायू अस्पतालमा उपचार भइरहेको छ।

पुरानो घर भत्काएर नयाँ घर बनाउने क्रममा कामदार कुँवर र नजिकैको खाजा घरका सञ्चालक मगर घाइते भएका हुन्।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here