अन्तरवार्ता

चेलीबेटीको सहयोग

पोखरा, ३१ साउन
पर्वत जिल्ला, महाशिला गाउँपालिकास्थित चारभञ्ज्याङ लामे गाँउका लाम्छाने चेलीबेटीहरुले चारभञ्ज्याङ तमु समाज पोखराकी कार्यालय सहायक बिन्दु गुरुङ सहयोग गरेको छ । अस्वस्थ्य भई आंशिक पक्षघातको उपचार गराइरहेकी गुरुङलाई लमेली लाम्छाने चेलीबेटीको तर्फबाट २५ हजार रुपैया र साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युटकी प्रवन्ध निर्देशक, समाजसेवी बिना गुरुङले ५ हजार रुपैया सहयोग हस्तान्तरण गरेका हुन् ।
उपचारमा सहयोग पुगोस भनि स्वास्थ्यलाभको शुभकामना सहित सहयोग हस्तान्तरण गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेकी गुरुङ हस्पिटलबाट डिस्चार्ज पश्चात दैनिक थेरापीसहितको उपचारक्रममा रहेका छन् । लामे माइती भएकी गुरुङको १ छोरा र १ छोरी विद्यालयमा अध्ययनरत छन्।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here