अन्तरवार्ता

जनप्रिय क्याम्पसमा पिउनेपानी प्लान्ट

पोखरा, १५ माघ
जनप्रिय बहुमुखी क्याम्पसमा विद्यार्थी, कर्मचारी र शिक्षकलाई लक्षित गरी निर्माण गरिएको प्रशोधित शुद्ध खानेपानी प्लान्टको सरस्वती पूजाका दिन शुभारम्भ भयो । पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बराल, कार्यवाहक अध्यक्ष बीरबहादुर अधिकारी र निवर्तमान अध्यक्ष इन्द्रबहादुर कुँबरले क्याम्पस हाताभित्र निर्मित खानेपानी प्लान्टको संयुक्त रूपमा उद्घाटन गरे ।
वडाध्यक्ष रूद्रनाथ बरालले आफ्नै वडामा सञ्चालित नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पससँग साझेदारी गरी प्रशोधित खानेपानी उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए । क्याम्पसलाई स्थानीय तहसँग सहकार्य गरेर अन्य आवश्यक पूर्वाधार थप्न आग्रह गरे । बरालले भने ‘वडा सधैं गुणस्तरीय शिक्षाको पक्षमा छ ।’
कार्यवाहक अध्यक्ष बीरबहादुर अधिकारीले मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसमा प्रशोधित खानेपानी व्यवस्थापनले शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने बताए । सिर्जना विकास केन्द्रको पहल र प्रयासमा स्थापित सामुदायिक क्याम्पसलाई अझै सुविधा सम्पन्न बनाउने प्रतिवद्धता गरे ।
निवर्तमान अध्यक्ष इन्द्रबहादुर कुँबरले बोटलको पानी किनेर खानुपर्ने वाध्यतालाई अन्त्य गर्नका लागि प्रशोधित खानेपानी प्लान्टको अवधारण ल्याएको बताए । उनले २ सय भन्दा बढी कर्मचारी, शिक्षक र ५ हजार विद्यार्थी रहेको क्याम्पसमा आफ्नै प्रशोधित प्लान्टको खानेपानी उपलब्ध हुनु खुशीको कुरा भएको जनाए ।
सात लाख ५० हजार लगानीमा स्थापना भएको खानेपानी प्रशोधन प्लान्टका लागि वडा कार्यालयबाट २ लाख नगद सहयोग प्राप्त भएको थियो । चौविसै घण्टा ५ सय लिटर पानी उपलब्ध हुने प्लान्टमा ६ वटा धाराको व्यवस्था छ । यसअघि क्याम्पसले आफ्नै परिसरमा १० लाख खर्च गरेर पानी बोरिङ गरिसकेको छ । अब क्याम्पस पानीको समस्याबाट मुक्त भएको जानकारी क्याम्पस प्रमुख बिरञ्जी गौतमले दिए ।
क्याम्पसमा अध्ययनरत छात्राका लागि सेनेटरी प्याड मेसिन यस अधि नै सञ्चालनमा आएको छ भने क्याम्पस हाताभित्र चमेनागृह, पुस्ताकालय, कम्प्युटर ल्याव र विज्ञान प्रयोगशालाले विद्यार्थीलाई सहजता भएको छ ।
जनप्रिय क्याम्पसको प्रवेशद्वारभित्र रहेको सरस्वतीको मन्दिरमा विद्यार्थीहरूले बसन्त पञ्चमी दिन विद्याकी देवी सरस्वतीको पूजा आराधान गरे । क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बीरबहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलले गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here