अन्तरवार्ता

टिम नेपो तनहुँद्वारा महिनावारी सम्बन्धि सचेतना कार्यक्रम

टिम नेपो तनहुँले सरकारी बिघालयका किशोरीलाई लक्चित गरि महिनावारी सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ । तनहुको व्यास नगरपालिका वडा नम्बर १० सेवरमा रहेको श्री सर्वज्योती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका छात्राहरुलाई किशारोवस्थामा हुने परिवर्तन, त्यसमा आफूलाई कसरी अभ्यस्त बनाउने तथा महिनावारीका समयमा गर्नुपर्ने स्वास्थ्य सरसफाइ एबम् हेरचाहका विषयमा जानकारी दिइएको थियो ।

नेपो तनहुँका अध्यक्ष सुजन लौडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद कलिला खान थिइन् । विशिष्ट अतिथि विधालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना, अतिथी प्राध्यानाध्यापक कश्यवराज जमरकट्टेल, डा.सुशील पाैडेल, खेलाडी सुदिप अाचार्य , सुजन अाचार्य अादिको उपस्थित रहेको थियो । सो अवसरमा प्रमुख अतिथि खानले महिनावारि लाज मान्ने कुरा नभई प्राकृतिक नियम भएको बताईन । ‘महिनावारि कुनै रोग होइन’ सांसद खानले भनिन ‘यो प्राकृतिक चक्र हो ।’ महिनावारि हुदा सरसफाईमा विशेष ध्यान दिनुपर्ने उनले बताइन ।

सर्व ज्योति माध्यमिक विघालयका व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले यस्तो खालको कार्यक्रम हरेक बिघालयहरुमा गर्न अावश्क रहेको बताउदै कति किशोरीहरुले महिनावारी हुदा भएका समस्या नभन्नाले ज्यान समेत घुमाउन पुगेको बताए । महिनावारी हुदा समस्य देखा पर्न थाल्यो भने चिकित्सकको परामर्श लिन समेत उनले अाग्रह गरे ।

कार्यक्रममा समाधान अस्पतालका डा शुसिल पौडेलले महिनावारि सम्बन्धि जानकारी दिएका थिए । उक्त कार्यक्रमको सहआयोजक निलकुमारी मिया फाउन्डेसन रहेको थियो भने समाधान अस्पतालको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा स्कुले छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको थियो । कार्यक्रम टिम नेपो तनहुँका सागर घिमिरेले सञ्चालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here