अन्तरवार्ता

टि– ट्वान्टी खेल्न नेपाललाई ओमानको निम्तो

पोखरा, २१ साउन

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अक्टोबरमा ओमानमा टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न ओमान क्रिकेटले निमन्त्रणा दिएको छ । नेपाल र आयोजक ओमानसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिताका लागि नेपाललाई समेत निम्तो आएको छ । टि–२० प्रतियोगिता अक्टोबर–३ (असोज १६) गतेदेखि आयोजना हुने बताईएको छ ।
नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले नेपाललाई निम्तो आएको स्वीकार गरे । नेपाललाई टि–२० विश्वकप छनौट (एसिया फाइनल) खेल्नु अघि नै प्रतियोगिता खेल्न निम्तो आएको हो ।
नेपाल र आयोजक ओमान सहित प्रतियोगिता खेल्न ओमान क्रिकेटले आयरल्याण्ड, हंगकंग र नेदरल्याण्डलाई पनि निम्तो दिएको छ । नेपाल बाहेक अन्य ४ टोलिले ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि–२० विश्वकप ग्लोबल छनौट खेल्नेछ ।
त्यसैको तयारीका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाल भने छनौटको एसिया फाइनलमा तेश्रो हुँदै छनोट हुन असफल रहेको थियो । टि–२० विश्वकप ग्लोबल छनौटको लागि युएईले हाल नेदरल्याण्डसंग ४ वटा टि–२० को सिरिज खेलिरहेको छ ।
व्यवस्थापक शिवाकोटीले निम्तो आए पनि नेपालले खेल्ने या नखेल्नेबारे आईसीसीसंग अनुमतिपछि मात्र निर्णय हुने बताएका छन् । उनले अबको १–२ दिनमै यो बारे आईसीसीले अन्तिम निर्णय दिने जानकारी गराए ।
ओमान टि–२० अन्तर्राष्ट्रिय वरियतामा १८ औं स्थानमा रहेको छ । नेदरल्याण्ड १३ औं, आयरल्याण्ड १५ औं, हंगकंग १९ औं स्थानमा रहेको छ । नेपाल सबैभन्दा अघि वरियतामा ११ औं स्थानमा रहेको छ ।
२०१८ डिसेम्बर को अन्तिमा आईसीसी टि–२० वरियतामा ११ देखि १६ औं स्थानमा रहेका कारण स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान र आयरल्याण्ड सिधंै टि–२० विश्वकप ग्लोबल छनोट खेल्न छानिएका हुन् ।
युएईले यस अघि नेपालसंगै एसिया फाइनल खेल्नु परेता पनि पछि आईसीसीले ग्लोबल छनौट आयोजकको भूमिका दिंदा आयोजकको रुपमा स्वतः छनौट भएको थियो । नेपालले सन् २०१२, २०१३ र २०१५ मा टि–२० विश्वकप छनौट खेलेको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here