अन्तरवार्ता

टुँडिखेलको तीज मेला आजदेखि

पोखरा, १० भदौ
पोखरा–१ स्थित पुरानो टुडिखेलमा आज बुधवारदेखि वाईवाई तीजमेला सुरु हुँदैछ । इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्य र चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउको मुख्य प्रायोजनमा हुन मेलाको तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । १७ भदौसम्म चल्ने मेलाको बुधवार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले उद्घाटन गर्नेछन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पारि आयोजना गर्न लागिएको मेला उद्घाटन हुनु पूर्व विभिन्न जात जाती, आमा समूह, संघसंस्था लगायतको सहभागितामा पुरानो टँुडिखेलवाट र्याली सुरु हुनेछ । र्याली सिम्पानी चोक, माछापुच्छ«े बैक चोक, पृथ्वीनारायण क्यापस गेट, बगर, बागवजार हँुदै पुनः टुडिखेलमा आएर सम्पन्न हुनेछ । र्यालीमा सहभागीलाई उत्कृष्ट झाँकी, भेषभूषा, सहभागिता संगै अनुशासित टोलीलाई आकर्षक पुरस्कार समेत दिईने छ ।
मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडासंगै रेष्टुरेन्ट लगायतका गरि ६२ वटा स्टल रहने मेलाका सहसंयोजक भानुभक्त अधिकारीले जानकारी दिए । मेला स्थलमा वाल उद्यान समेत राखिएको छ ।
प्रवेश निःशुल्क रहेको मेलामा १२ गतेदेखि खुला मौलिक तीजगीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार, सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउने ईन्दे्रणीका महासचिव चन्द्रराज श्रेष्ठले जानकारी दिए ।
यसै गरि १४, १५ र १६ गते गृहणी नृत्य प्रतियोगितामा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १०, द्वितीयले ७, तृतीयले ५ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाउनेछन । १५ भदौमा टपरि गास्ने प्रतियोगिता हुने र प्रथमले ७, द्वितीयले ५ र तृतीयले ३ हजार पुरस्कार पाउनेछन् ।
यसैगरि हराउँदै गएको छेलो खेल संरक्षण गर्ने उद्देश्य सहित मेलामा १४ भदौमा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगिताको विजेताले ११ हजार १ सय एक, उपविजेताले ६ हजार १ सय एक र तेस्रोले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउने समेत अधिकारीले जानकारी दिए ।
ऐतिहासिक महत्व वोकेको पुरानो टुखिेलको संरक्षण सैग सरोकारवाला निकायलाई यस्को संरक्षणको लागि दवाव दिने सगै ईन्द्रेणीले संचालन गदै आएको फुटवल एकेडेमीको लागि सहयोग जुटाउने उदेश्यले समेत मेला आयोजना गरिएका ईन्देणीका उपाध्यक्ष गेहेन्द्रमान श्रेष्ठ मोहनले जानकारी दिए ।
एकेडेमीका संयोजक समेत रहेका श्रेष्ठका अनुसार एकेडेमीमा हाल ५० जना वालकहरुलाई ३ जना प्रशिक्षकले प्रशिक्षण दिदै आएको श्रेष्ठको भनाई छ । मेलावाट बचत भएको रकम एकेडेमी संचालनका लागि खर्च गरिने ईन्देणीका कोषाध्यष नारायण प्रसाद आर्चायले जानकारी दिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here