अन्तरवार्ता

टुँडिखेलमा तीज मेला हुने

पोखरा ३२ साउन
पोखरा–१ वगरमा रहेको पुरनो टुँडिखेलमा यही भाद्र ११ गते देखी १७ गते सम्म वाई वाई तीज मेला २०७६ हुने भएको छ । पुष्पाञ्जली फेशन एण्ड ईभेन्ट र ईन्द्रेणी एकिकृत विकास केन्द्रको सहकार्यमा उक्त मेला हुन लागेको शनिबार आयोजीत पत्रकार भेटघाट मार्पmत जानकारी दिईएको छ ।

पर्यटकीय राजधानीको रुपमा विकसित हुँदै गईरहेको पोखरालाई सांस्कृतिको रुपमा पनि बलियो रुपमा जोड्नु पर्ने हुँदा पोखराको सबैभन्दा पुरानो टुडीखेल मैदानमा पुरापुर्वकाल देखिनै तीजको दृष्टिले आपैm महत्वपुर्ण रहेको र आमा दिदि वहिनीहरु तीजको दिनमा वर्त वस्ने र नजिकको सेती नदीमा गई स्नान गर्ने तत्व पश्चात टुडिखेल मैदानमा बसी रातभरी आफ्ना विरहका गीत गाउने नाच्ने र दुख साता साट गर्ने भएको हुँदा परम्परालाई निरन्तरता प्रदान गर्न विभिन्न स्थानीय युवा क्लब आमा समुहहरुले तीजगित मार्फत जनरीहरुको वेदना सुन्ने र मौलिक तीजको झल्को दिने हुँदा कार्यक्रम आयोजना गरिएको पुष्पाञ्जली फेशन एण्ड ईभेन्ट तथा कार्यक्रम संयोजक शोभा गैतमले बताईन् ।

 

कार्यक्रममा मौलिक तीज गित प्रतियोगीता, एकल तीज गीत गृहिणी नृत्य, म्युजिकल चियर, टपरी गास्ने ठेलो फाल्ने प्रतियोगिता हुने र साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तृति र हास्य प्रदर्शन समेत हुने छ ।
मेला भित्र महिला उद्यमीहरुद्वारा उत्पादीत वस्तुहरुको प्रर्दशनी विभिन्न व्यवसाईक स्टलहरु र मनोरञ्जनको निम्ति वाल उद्यानको समेत व्यवसाय रहेको छ ।
मेलाको मुख्य प्रायोजकमा वार्यवाई चाउचाउ रहेको र साथै विभिन्न संस्थाहरुको साथमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वार्डेको पनि साथ रहेको छ ।
मेलालार्य व्यवस्थित वनाउन मुल आयोजक समिति सँगै २२ ओटा विभिन्न उप समितिहरु निर्माण र परिचालन गरिएको छ ।
मेला हेर्नको लागि निशुल्क प्रवेशको व्यवस्था रहेको छ । करिव ५० हजार दर्शक भित्रिने आयोजको अपेक्षा रहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here