अन्तरवार्ता

ढल्यो चिनियाँ राष्ट्रपतिका लागि बनाइएको स्वागत गेट

असोज २४, २०७६

काठमाडौँ –चिनियाँ राष्ट्रपति शी चिनफिङलाई स्वागत गर्न बनाइएको स्वागत गेट ढलेको छ । राजधानीको बबरमहलमा बनाइएको स्वागत गेट ढलेको हो ।

शुक्रवार दिउँसो उक्त गेट ढलेको हो । अहिले प्रहरीको एउटा टोली ढलेको गेट मरम्मत गर्न खटिएको छ ।

 

प्रहरी अतिरिक्त सहायक निरीक्षक सन्तोष भण्डारीले उक्त गेट हावाको कारणले ढलेको हुनसक्ने लोकान्तरलाई बताए ।

‘गेट सामान्य हावाकै कारण ढलेको हुनुपर्छ,’ भण्डारीले लोकान्तरसँग भने, ‘गेट बनाउँदा यसको वजन र सपोर्टको ख्याल गरेको जस्तो देखिएन । त्यही कारण ढलेको हो । अब छिटै मरम्मत हुनेछ ।’

यसअघि चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बानेश्वरमा राखिएको फ्लेक्स ब्यानर च्यातिएको थियो । ब्यानर च्यात्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि विमानस्थलदेखि सोल्टी होटेलसम्म दर्जनौं गेटहरू बनाइएको छ ।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here