अन्तरवार्ता

तिज पर्व संरक्षण गर्नुपर्छ ः शर्मा

पोखरा, ९ भदौ
पोखरा २२ को उल्लेरीमा उल्लेरी आमा समुहको आयोजनामा सोमवार तिज विशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रम उद्घाटन गर्देै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले तिज पर्वले सवै महिला दिदीवहिनीहरुको माया र सद्धभाव वृद्धि गर्ने बताउँदै तिज पर्वको संरक्षणमा सवै लाग्नसके सुखी नेपाली संमृद्ध समाज निर्माणमा टेवा पुग्ने बताईन् ।
वर्तमान समयमा भड्किलो तिज मनाउनतर्फ नगई मौलिक र सस्कृति तिज मनाउनु पर्ने उनले बताईन् ।
कार्यक्रममा समाजसेवी तथा महिला नेतृ रत्ना गुरुङले समाजलाई सहि दिशामा अघि बढाउन सवै महिलाहरु सहयोगी भावनाका अघि बढ्नुपर्ने बताईन् । समाजमा सवै महिला शिक्षित भई नसकेका कारण महिलाहरुलाई शिक्षित बनाउन सब सरकार लाग्नुपर्नेमा उनले जोड दिईन् ।
समाजसेवी युवराज शर्माले समाजमा रहेको विकृति र विसंगति नियन्त्रण गर्न समाजमा जागरण अभियान थाल्नुपर्ने बताए ।
उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले महिलाले समाजलाई सहि बाटोमा अघि बढाउन राज्यले विशेष पहल गरिरहेको भन्दै महिलाहरू पनि सक्रियताका साथ देश विकासमा लाग्न सके समृद्धि प्राप्त हुने बताए । आमा समुहका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धनमाया लामिछानेले सञ्चालन गरेकी थिईन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here