अन्तरवार्ता

तीज विशेष कार्यक्रमको तयारी

हेमजा, १२ साउन
पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तीजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तीजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरितालिका तीज गीत प्रतियोगिता गर्ने भएको हो । शनिबार बसेको क्लव प्रतिनिधी साथै सरोकारवालाको भेलाले निर्णय गरेको हो। क्लवले हरितालिकाको दिन भदौ १६ गते तीजगीत प्रतियोगिता तथा भदौ १७ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
जसअनुसार फुटबल प्रतियोगिता सम्पन्न गर्न रमेश थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।जसको कोषाध्यक्षमा हरीकृष्ण थापा, सचिवमा मनोज कार्की, स्वागत सत्कार उपसमिति संयोजकमा शान्ता केसी तथा सदस्यहरुमा विष्णु थापा र सरस्वती थापा, सुरक्षा उपसमिति संयोजकमा राजेन्द्र थापा रहेका छन् ।
भेलाले स्वयंसेवक परिचालन उपसमिति संयोजकमा अभिषेक कार्की, प्रचारप्रसार उपसमिति संयोजकमा श्रीभद्र पौडेल, सहसंयोजकमा विराज शर्मा तथा प्राथमिक उपचारको जिम्मा हेमजा स्वास्थ्य चौकीलाई दिने निर्णय पनि गरेको छ । यस्तै क्लवमा आवद्घ सम्पूर्ण खेलाडीहरु मूल आयोजक समितिको सदस्य रहेको क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१ लाख २१ हजार १ सय ११, द्वितिय हुने समूहलाई रु. ७१ हजार १ सय ११ पुरस्कार दिने निर्णय पनि गरेको छ । त्यस्तै सेमिफाइनलमा पुग्ने २ समूहलाई १० हजार, सर्वोत्कृष्ठ खेलाडी तथा फेयर प्लेयरलाई रु.५ हजार तथा अन्य पाँच विद्यामा पुरस्कार दिइने भएको छ ।
भेलाले सिर्जना सापकोटाको संयोजकत्वमा तीज गीत प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । जसको कोषाध्यक्षमा सोचना केसी, सचिवमा भगवती बजगाई, कार्यक्रम संचालकमा सीता कार्की, स्वागत सत्कारमा सरास्वती थापा र विष्णु थापा, आमा समूह परिचालनमा लक्ष्मी जिसी र उमा त्रिपाठी, सुरक्षामा विष्णु खत्री, स्वयम्सेवकमा सावित्री कार्की र तीर्थ थापा, सरसफाईमा शान्ति बास्तोला, प्रचारप्रसारमा पार्वती बास्तोला संयोजक तथा श्रीभद्र पौडेल र विराज शर्मा सदस्य, प्राथमिक उपचारमा शान्ता केसी र धना सापकोटालाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
प्रतियोगतामा प्रथम हुने समूहलाई रु.२१ हजार १ सय ११, द्वितीय समूहलाई रु.१५ हजार ५ सय ५५, तृतीयलाई ७ हजार ७ सय ७७, सान्त्वना पुरस्कार ४ हजार ४ सय ४४ साथमा प्रमाणपत्र पुरस्कार दिइने छ । यस्तै उत्कृष्ट स्वर, भेषभूषा र नृत्यलाई समान २ हजार ५ सय पुरस्कार दिइने क्लवले जनाएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here