अन्तरवार्ता

दयाशांखर पालिखे पुरस्कार २०७५ वाट रविन्द्रनाथ वास्तोला सम्मानित

प्रजातन्त्र सेनानी दयाशांखर पालिखे पुरस्कार २०७५ वाट रविन्द्रनाथ वास्तोला सम्मानित पोखरा २१ साउन प्रजातन्त्र सेनानी स्वरर्गीय दयाशंखर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५ वाट हिमदुत राष्ट्रीय दैनिकका सम्पादक अग्रज पत्रकार रवीन्द्रनाथ वास्तोला सम्मानित भएका छन् । नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर वाहादुर देउवाले नगद रु ५५ हजार ५ सय पचपन्न तथा दोसल्लाले सम्मान गरेका हुन् । पालिखे परिवार द्धारा स्थापित पुरस्कार स्वरगीय दया शंखर पालिखेको नाम वाट नेपाल पत्रकार माहासंघ कास्की शाखा को समन्वयनमा हरेका वर्ष प्रदान गर्दै आइरहेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको सम्मन्वयमा प्रतिभा छनोट समिती गठन गरी पुरस्कार दिने घोषणा गरिएको थियो । कार्यक्रममा वोल्दै प्रतिभा छनोट समितिका संयोजक नारायण कार्कीले निस्पक्ष पुर्वक छनोट गरेको वताउँदै शिक्षा, कला, सामाजिक क्षेत्र, वितिय क्षेत्रमा रविन्द्र नाथ को ठूलो योगदान रहेको वताएका थिए ।कार्यक्रममा पालिखे परिवारको तर्फवाट वोल्दै सुननेना पालिखेले पत्रकार महासंघ कास्कीलाई धन्यवाद दिदै शैक्षिक र पत्रकारिताको क्षेत्रमा ठूलो योगदान दिने व्यक्तिलाई सम्मानित भएकोमा वधाई दिदै छनोट समीतीलाई धन्यवाद दिएकी थिइन् । त्यस्तै स्वर्गीय पोखरेली आमालाई स्मरण गर्दै पोखरेली आमाको नाम वाट समाज रुपान्तरणमा सहयोग पुरयाउने एक जना महिलालाई सम्मानित गरिने घोषणा गर्दै २ लाख ५० हजारको अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरेकी थिइन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञावाली, पोखरा उधोग वाण्ज्यि संघका अध्यक्ष दामु अधिकारी, नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसी लगाएतका व्यक्तिले आ–आफ्नो तर्फवाट वोलेका थिए । सम्मानित व्यक्तित्व रविन्द्र नाथ वास्तोलाले कार्यक्रममा वोल्दै आफु उत्साहित भएको वताउदै पत्रकार आफ्नो स्मरण गर्दै आफ्नो परिवार र शिक्षा क्षेत्र सँग वढी नजिक रहेको वताउदै आफुले पाएको पुरस्कार आफ्नो वुवा आमाको नाममा अक्षय कोष स्थापनागरी हरेक वर्ष शिक्षा पत्रकारीतामा पुरस्कार घोषणा गर्ने वताए । जसको जिम्मा पत्रकार महासंघ कास्की शाखा लाई दिइने कार्यक्रममा घोषणा गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here