अन्तरवार्ता

नवआगन्तुकलाई स्वागत र तालिम

पोखरा, २५ असार
सामुदायिक सेवा केन्द्र एवम् सामदुायिक प्रहरी सेवा वगरले स्थानीय नवआगन्तुक सदस्यलाई प्रशिक्षण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सय भन्दा वढी नव प्रवेशीलाई प्रशिक्षण दिएको थियो । कास्की प्रहरी प्रमुख दानवहादुर कार्की, वगर प्रहरी इञ्चार्ज प्रहरी निरीक्षक दिपक थापा, सामुदायिक वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्व अध्यक्ष जीवन अधिकारीले विकृति विसंगतिरहित समाजको निर्माणका लागि सामुदायिक सेवाकर्मीको कर्तव्य, दायित्व र भूमिका वारेमा बोलेका थिए ।
कार्यक्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानवहादुर कार्कीले सामुदायिकको नाममा कुनै पनि व्यक्तिले नकारात्मक सन्देश जाने कार्य नगर्न सुझाव दिए ।
‘अपराध नियन्त्रणको काम प्रहरीले गर्छ । तपाईहरू अपराध कर्म नगर्न जानकारी, सन्देश प्रवाह गर्नुहोस्, सवै ठिक हुन्छ’, उनले भने ।
संस्थापक अध्यक्ष सिता गुरुङले सामुदायिक सेवा केन्द्र वगरको स्थापनादेखि आजसम्म कुनै पनि विवाद नआएकोले अब पनि सवै सचेत भएर लाग्नुपर्ने बताइन् ।
पूर्व अध्यक्ष जीवन अधिकारीले वगर सामुादयिकको कार्यक्षेत्र वढी तर प्रहरी कर्मचारी संख्या कम रहेको बताए । मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नव आगन्तुक कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीलाई सम्मान गरिएको सचिव कल्पना आचार्यले बताइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here