अन्तरवार्ता

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । नदिपुर पोखरामा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । युवा बौद्ध संघ नदिपुर पोखराको आयोजनामा उक्त्त शिविर सम्पन्न भएको हो ।

कार्यक्रम उद्धघाटन गर्दे प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ३ का अध्यक्ष रविन्सन प्रजुले सामाजिक कार्य गर्ने आफ्नो वडाका सबै संघ संस्थाहरुलाई दिल खोलेर वडाले नैतिक भौतिक सहयोग गर्ने बताए ।
शनिबार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा बाल रोग विशेषज्ञ डा. भाईरत्न शाक्य,जनरल फिजिसियन डा.संजीव गुभाजु,नाक कान घाटीरोग विशेषज्ञ डा.अभिषेक मान गुभाजु,दन्तरोग विशेषज्ञ विनिता बज्राचार्य,हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.यज्ञमान शाक्यले बिरामीको प्रशिक्षण गरेको संघका सचिव कमला थापाले बताए ।
सुदिप प्रधानाङ्गको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि भन्ते धम्मरत्न,डा.विनिता बज्राचार्य,डा.संजिब गुभाजु,रक्त संचार केन्द्रका महेन्द्र के.सी लगायतले मन्तव्य राखेका थिए ।
उक्त्त निःशुल्क स्वास्थ्य शिविरमा १ सय ४८ जनाले स्वास्थ्य प्रशिक्षण र २२ जना ले रक्त्तदान गरेको कार्यक्रमका संयोजक सुमन शाक्य जानकारी दिए ।
कार्यक्रममा संघका कोषाध्यक्ष प्रविण बुद्धाचार्यले आर्थिक,ल्याब प्याथोलोजिष्ट अरुण कुमार झा र हिमालयन पोलिक्लिन्कि एण्ड डाईग्नोष्टिक सेन्टर प्रा.लि को प्राविधिकसहयोग समेत रहेको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here