अन्तरवार्ता

निषेध र विभेदको प्रवृति राम्रो होइन : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको प्रवृति कुनै पनि अर्थमा राम्रो नभएको टिप्पणी गरेका छन् ।

२०६२/६३ को परिवर्तनको समयमा दलहरुबीच भएको भित्री सहमति पालना नगरेर दलहरुले निषेधको राजनीति गरिरहँदा पूर्वराजाले यस्तो धारणा राखेका हुन् ।

विजयादशमीको अवसरमा शुभकामना दिँदै पूर्वराजा शाहले मुलुकको राष्ट्रियता धर्मराएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति लक्ष्य गर्दै पूर्वराजाले ‘प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम समझदारीको साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ’ भनेका छन् ।

उनले पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा भलो नहुने बताउँदै राष्ट्रको विधि र व्यवस्था सर्वग्राह्य हुनुपर्ने उल्लेख गरेका छन् ।

पूर्वराजाले एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ–आफ्नो कमिकमजोरी ढाकछोप गर्ने प्रवृति राम्रो नहुने उल्लेख गरेका छन् ।

पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ ‘हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको अरू केही हुनु हुँदैन । भगवानको आशीर्वादले यो देश आफैं उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्दछ । तर राष्ट्रियता धरमराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन ।’

पूर्वराजाले आसुरी र स्वार्थी व्यवहारकाे विनासको कामना पनि गरेका छन्

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here