अन्तरवार्ता

नेकपाले असोज २९ गते चियापान कार्यक्रम गर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  आयोजना गरेको चियापान कार्यक्रमको तयारी पूरा भएको बताएको छ । दसैँ, तिहार, नेपाल सम्वत, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले २९ गते चियापान कार्यक्रम आयोजना गर्दैछ ।

 

चियापानका लागि १ लाख निमन्त्रणा कार्ड बाँडिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । कार्यक्रममा विदेशी पाहुना पनि डाकिएको छ ।

“नेपालस्थिल विदेशी कूटनीतिक नियोग प्रमुख, दूतावासका कर्मचारी, नेपालमा कार्यरत अन्तर्रा्ष्ट्रिय मिसन प्रमुखहरू समेतलाई निम्त्याइएको छ,” ढकाले भन्नुभयो ।

मनमोहन अधिकारी पार्टी अध्यक्ष हुँदा नेकपा एमालेले सुरू गरेको चियापान कार्यक्रमलाई नेकपाले पनि निरन्तरता दिएको हो ।

चियापान कार्यक्रममा मुख्य राजनीतिक दलका नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी, चारैवटा सुरक्षा निकायका प्रमुख, कलाकार, साहित्यकार आदिलाई निम्तो पठाइएको ढकालको भनाइ छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here