अन्तरवार्ता

नेताहरूसंग लेवी उठाउँदै कांग्रेस

पोखरा, २६ असार
नेपाली कांग्रेसले मन्त्रीदेखि वडा तहमा रहने नेताबाट लेबी (पार्टीले तोकेको रकम) उठाउने तयारी गरेको छ । संघीय संरचनामा गएको कांग्रेसको विधानअनुसार केन्द्रदेखि वडासम्म ८ तह छन् । अन्तरिम संरचनाअनुसार कांग्रेसले भदौदेखि पुसभित्रमा यी संरचना तयार पार्ने बताइसकेको छ ।
नियमावली संशोधन मस्यौदा समितिका संयोजक, केन्द्रीय सदस्य रमेश लेखकले लेबी उठाउने प्रस्ताव छलफलका लागि केन्द्रीय समिति बैठकमा पेश गरिसकेका छन् । शुक्रबार बस्ने बैठकमा यी एजेन्डामा छलफल हुनेछ ।
केन्द्रीय समितिबाट लेबी उठाउने प्रस्ताव पारित भएमा कांग्रेसका नेतारकार्यकर्ताले कम्युनिस्टले जसरी नै पार्टीलाई लेबी बुझाउनुपर्नेछ । देशैभर पार्टी कार्यालय सञ्चालन गर्न खर्चको जोहो गर्नुपर्ने भएकोले कांग्रेसले लेबी उठाउने तयारी गरेको लेखकले जानकारी दिए ।
कांग्रेसले संघीय विधान बनाए पनि विधानअनुसार संघीय संरचनामा पार्टीको समिति छैन । ७ प्रदेश, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, गाउँरनगर समिति, वडा समिति र बुथमा संघीय संरचनाअनुसार समिति बनाउनुपर्नेछ ।
पुरानो संरचनाअनुसार केन्द्रीय समिति, ७५ जिल्ला कार्य समिति, क्षेत्रीय कार्यसमिति, गाविस र नगरमा अहिले कांग्रेसको समिति छ । कांग्रेसले लेबी अनिवार्य बनाउन लागेको छ । पार्टी सञ्चालनका लागि खर्च धान्ने र देशैभरका संरचनामा कार्यालय खोल्न लेबी निरन्तर उठ्ने स्रोत बनाउन कांग्रेसले खोजेको छ । लेबी नतिर्ने नेता÷कार्यकर्तालाई चुनावमा उम्मेदवार बन्नबाट बञ्चित गर्नेसमेत कांग्रेसको तयारी छ ।
‘मन्त्री र सांसदले पहिलेदेखि नै लेबी तिर्छन्,’ लेखकल भने, ‘पार्टीबाट मन्त्री, सांसद, सार्वजनिक पदमा मनोनित पार्टीका सदस्य, पार्टीका सबै तहका समितिमा रहेका नेताले लेबी तिर्नुपर्छ ।’
कांग्रेसले मन्त्री र सांसदबाट पारिश्रमिकको २० प्रतिशत लेबी लिने गरेको छ । कांग्रेसका अनुसार पार्टीमा ५ लाख क्रियाशील सदस्य छन्। यी सदस्यको नवीकरण र नयाँ बन्ने सदस्यबाट पनि कांग्रेसले पार्टी सदस्यता शुल्क लिन लागेको छ । ‘क्रियाशील सदस्यता नवीकरण गर्न ३ सय ६५ शुल्क तोकिएको छ,’ उनले भने, ‘नयाँ क्रियाशील सदस्यले पाँच सय रुपैयाँ नै तिर्नुपर्छ ।’
हरेक महाधिवेशनबाट कांग्रेसमा २ लाख जनासम्म क्रियाशील सदस्य थपिन्छन् । पार्टी सभापति शेरबहादुर देउवाको ४ वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । अर्को वर्ष कांग्रेसले महाधिवेशन गर्ने तयारी गरेको छ, त्यसका लागि आउँदो पुसभित्रमा क्रियाशील सदस्यता वितरण गरिसक्ने तयारी कांग्रेसको छ ।
कांग्रेसले अन्तरिम संरचना गठनसँगै देशभरका साढे ६ हजार वडामा पार्टी कार्यालय सञ्चालन गर्ने लेखकले बताए । ‘लेबी उठाउन हरेक वडामा कार्यालय चाहिन्छ। कार्यालय राखेरमात्रै पुग्दैन कर्मचारी राख्नुप¥यो । कर्मचारीलाई तलब खुवाउनुपर्छ त्यसका लागि लेबीको पैसा खर्च गर्ने हो,’ उनले भने ।
यतिमात्र होइन गाउँरनगरका समिति, संघीय र प्रदेश निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेशमा पनि कांग्रेसको कार्यालय खुल्ने र त्यहाँ कर्मचारी राखिने उनले बताए । ‘देशैभर साढे ७ हजार कार्यालय सञ्चालनमा आउँछ,’ उनले भने, ‘यहाँ कर्मचारी राख्दा धेरैले रोजगारी पनि पाउँछन् ।’ कर्मचारीलाई पारिश्रमिक खुवाउन कसैको सहयोग लिनु नपरोस् भनेरै यस्तो व्यवस्था गर्न लागेको उनी बताउँछन् ।
देशभरबाट संकलन हुने लेबी रकम कांग्रेसले सबै तहका संगठनलाई पठाउने उनले बताए । केन्द्रमा उठेको रकममध्ये ५० प्रतिशत केन्द्रले र बाँकी प्रदेशभन्दा तलका समितिमा पठाइनेछ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here