अन्तरवार्ता

नेपालको फराकिलो जित

पोखरा,२० असार

सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर–१९ (पूर्वी क्षेत्र) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । जितसंगै नेपालले सिंगापुरसंगको आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समूह ‘बि’ को उपविजेतासंग जुलाई ८ तारिकमा खेल्नेछ ।
नेपालले पहिले ब्याटिंग गर्दै दिएको ३ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्रै बनाउन सक्यो । सिंगापुरको लागि हरि कुक्रेजाले सर्वाधिक ३०, कन्नुसामी सथिशले २४ तथा चंद्रमौली श्रीदेवले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सिंगापुरलाई सस्तोमा समेट्न देब्रे हाते स्पिनर कुशल मल्लले ४ विकेट लिए भने तिलक राज भण्डारीले २ तथा सागर र राशिद खानले १÷१ विकेट लिए । ४ विकेट लिने क्रममा कुशलले ३७ औं ओभरको छैठौं र सातौँ बलमा विकेट लिए । अम्पायरले गल्ती गर्दा कुशलले सातौँ बल पनि गर्न पाएका थिए ।
रित गौतमको शतक
किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन योगफल तयार गरेको थियो । उत्कृष्ट सुरुवात गर्ने क्रममा पवन सर्राफ र रित गौतमले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । अर्धशतकको लागि चुक्ने क्रममा पवन १५ औं ओभरमा आउट भए । उनले १० चौका मदतले ४१ बलमा ४५ रन बनाए ।
पवनको विकेटपछि दास्रो विकेटको लागि रितले खडक बोहरासंग १३१ रनको साझेदारी गरे । यु–१९ टिमका लागि पहिलो पटक ब्याटिंग गरेका खडक ९० रन बनाएर ४० औं ओभरमा आउट भए । ९० बलमा उनले १२ चौका प्रहार गरे । अर्धशतक बनाउनु अघि खड्काको २ वटा क्याच सिंगापुर फिल्डरहरूले छोड्न पुगेका थिए ।
खडकको विकेटपछि बिशाल बिक्रम केसी १ तथा रोहित पौडेल ७ रन बनाएर आउट भए । त्यसपछि रितले कुशल मल्लले इनिंगलाई अन्तिमसम्म लागे । यसैबीच रितले यु–१९ टिमको लागि आफ्नो पहिलो शतक पुरा गरे। २०१६ एसीसी यु–१६ टिमको कप्तानी गरेका रितले म्यानमार बिरुद्ध शतक बनाएका थिए । अवीजित १ सय १५ रन बनाएका रितले १३७ बलमा १० चौका र १ छक्का प्रहार गरे ।
यस्तै अन्तिममा विस्फोटक ब्याटिंग गरेका कुशलले मात्र २३ बलमा अर्धशतक बनाएर अविजित रहे । मल्लले २३ बलमा ५१ रन बनाउँदा ४ चौका र ५ छक्का प्रहार गरे । कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का तथा ४६ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here