अन्तरवार्ता

नेपाल गर या मरको अवस्थामा

पोखरा, १० साउन

सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शनिबार कुवेतसंग खेल्दैछ । खेल नेपाली समय ७ः१५ बजे बिहान इन्डियन एसोसिएसन मैदानमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो । अंक तालिकामा २ खेलमा १ जित र १ हार पछि २ अंकसहित नेपाल तेस्रो स्थानमा छ । प्रतियोगितामा सबै टिमले एकअर्का विरुद्ध १÷१ खेल खेलिसकेपछि अंक तालिकामा उत्कृष्ट हुने १ टिम मात्र टि–२० विश्वकप अन्तिम छनौट खेल खेल्न पाउनेछ । टि–२० विश्वकप छनौट ११ अक्टोबरदेखि नोभेम्बर ३ सम्म युएईमा हुनेछ ।
एउटा टिम मात्रै छनौट हुने हुनाले अब नेपालले अंक तालिकामा उत्कृष्ट हुन २ खेल खेल्न बाँकी रहेको अवस्थामा दुवै खेल जित्नु पर्ने परिस्थिति भएको छ । मलेसिया, कतार र कुवेतको भने विजेता हुने सम्भावना समाप्त भइसकेको छ । नेपालले अब शनिबार कुवेतसंग र आइतबार सिंगापुरसंग खेल्ने तालिका रहेको छ ।
सिंगापुरले १ खेल खेल्न बाँकी रहँदा ५ अंक रहेकोले अब नेपालले विजेता बन्न ६ अंक पुग्नु पर्नेछ या ५ अंकमै समाप्त गरि नेट रन रेटमा सिंगापुरलाई पछि पार्नु पर्नेछ जुन असम्भव जस्तो छ । नेपालको नेट रन रेट ०.१२३ रहेको छ भने सिंगापुरको निकै माथि २.३३५ रहेको छ । यो अवस्थामा अब नेपाल विजेता बन्दै आगामी चरण पुग्न २ वटै खेल जित्नुको विकल्प छैन । एउटा खेलमा हार बेहोर्ने हो या वर्षाले नतिजा विहीन भएर १ अंक मात्रै बाँड्नु परे पनि नेपालको बाटो बन्द हुनेछ । अब बाटो सिधा आज शनिबार कुवेतलाई र भोलि आइतबार सिंगापुरलाई जिते विजेता बन्ने बक्का, एउटा हारे फुस्सा । कुवेतलाई जिते नेपाल र सिंगापुर पर्सी हुने खेल फाइनल बराबर गरे पनि पुग्छ ।
कुवेतलाई पराजित गर्न सक्ला ?
टि–२० अन्तर्राष्ट्रिय वरियतामा २८ औं नम्बरमा छ । जारी प्रतियोगितामा ३ खेल खेल्ने क्रममा कुवेतलाई मलेसियाले ४२ रनले पराजित गरेको थियो भने सिंगापुरसंगको दोस्रो खेल वर्षाले हुन नपाउदा १÷१ अंक बाँडेको थियो । तेस्रो खेलमा भने कमब्याक गर्ने क्रममा कुवेतले कतारलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको थियो । त्यसैले कुवेतलाई जस्तो सुकै नतिजा ल्याउन सक्ने टोली हो । नेपाललाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको कतारलाई पराजित गर्ने क्रममा कुवेतले पहिले ब्याटिंग गर्दै प्रतियोगिताकै सर्वाधिक १ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो । अब विश्वकप छनौट हुने सम्भावना सकिएको अवस्थामा कुवेतलाई कुनै दबाब रहेको छैन भने नेपाल जित्ने पर्ने दबाबमा रहेको छ । यो परिस्थितिको फाइदा कुवेतले उठाउन सक्छ ।
कुवेत–नेपालको रोचक इतिहास
कुवेतसंग नेपालले इतिहासमा ३ वटा टि–२० खेलेको छ । ३ वटैमा नेपालले जित हाँसिल गरेको छ । एउटा खेल भने बराबरी हुँदा नेपालले बल आउटमा जितेको थियो । प्रतियोगिताको समूह चरणमा नेपालले इतिहासमै पहिलो र १ मात्र पटक बल आउटमा जित हाँसिल गरेको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here