अन्तरवार्ता

नेपाल भ्रमण वर्षको प्रचारमा लेकसाइड रोट्¥याक्ट

पोखरा, २२ साउन
नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसको प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रम गर्ने भएको छ ।
क्लबले भ्रमण वर्षको सन्दर्भमा १ दिनको पदयात्रा समेत सम्पन्न गरेको छ । पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका ३० जना युवा सहभागी भए । नेपालको राष्ट्रिय झण्डासहित भएको पदयात्राका क्रममा युवाहरूले भ्रमण वर्षको पोष्टर तथा पर्चा वितरण गरिएको कार्यक्रम संयोजक मदन क्षेत्रीले बताए ।
पदयात्राको क्रममा रानीवनमा क्लबको नियमित बैठक समेत सम्पन्न गरी विभिन्न निर्णय गरिएको अध्यक्ष युदिप सुवेदी क्षेत्रीले बताए । उनका अनुसार नेपालमा पर्यटकको संख्या वृद्धि भइरहँदा त्यसले पोखरालाई सबैभन्दा बढि लाभ मिल्ने हुनाले उनीहरू यसको प्रवद्र्धनमा लागिरहेका छन् ।
क्लबले आगामी दिनमा यस्ता पदयात्राहरु निरन्तर गर्ने, क्लबका सदस्यले सामाजिक संजालमार्फत यसको प्रचार–प्रसार गर्ने, क्लबका सबै कार्यक्रममा नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गर्ने तथा यसको प्रचार प्रसारका लागि देशका विभिन्न ठाउँहरू र विदेशमा समेत कार्यक्रम गर्ने तयारी क्लबले गरेको छ ।
क्लबको नियमित प्रकाशनमा समेत नेपाल भ्रमण वर्षको बारेमा जानकारी समावेश गरिएको र सो प्रकाशनसमेत कार्यक्रमहरुमा वितरण गरिने क्लवकी सचिव रोशनी विश्वकर्माले बताइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here