अन्तरवार्ता

नेवा खल: कास्कीमा पालिखे

पोखरा, १२ पुस
नेवा खल कास्कीको शनिबार भएको अधिवेशनले अशोक पालिखेको अध्यक्षतामा नयाँ समिति चुनेको छ । संस्थाको कार्यसमितिमा अष्टमान प्रधानांग, विश्व बिजुक्छे, नारायण श्रेष्ठ, श्रीकृष्ण कतिला, रामप्रसाद श्रेष्ठ र कल्पना श्रेष्ठ छन् । संस्थागततर्फबाट कृष्णबहादुर श्रेष्ठ, हर्कमान शाही र बखतमान जोशी सदस्य चुनिए ।

सोही समारोहबाट मिसा पुच कास्कीमा मेनुका श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा संगीता बज्राचार्य, द्वितीय उपाध्यक्षमा शक्ति प्रधानांग, महासचिवमा रेबिका श्रेष्ठ, उपमहासचिव किरण बिजुक्छे र कोषाध्यक्ष सोनी ढेवाजु छन् । सदस्यमा अञ्जु बाटाजु, रजनी श्रेष्ठ, सबिना बिजुक्छे, सरस्वती, मनलक्ष्मी, मीना श्रेष्ठ, देबिना, अम्बिका राजभण्डारी र कमला श्रेष्ठ छन् ।

नेवा ल्याम्ह पुचः अध्यक्षमा मधुसुधन जोशी निर्वाचित भएका छन् । समितिमा उपाध्यक्षमा वीनित जोजिजु, द्वितीय उपाध्यक्ष्मा रोनित बाटाजु, महासचिव सुरेशकुमार श्रेष्ठ, उपमहासचिव अनिशा श्रेष्ठ, कोषाध्यक्ष राहुल कतिला, सहकोषाध्यक्ष श्रदा श्रेष्ठ र सदस्यमा नितेश बाटाजु, अमर श्रेष्ठ र ज्यासमिन श्रेष्ठ छन् । कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश प्रमोद वैद्यले नेवारी संस्कृतिलाई जगेर्ना गर्नका लागि नेवारी समुदायका सबै मानिस लाग्नुपर्ने बताए । कार्यक्रममा स्वागत मिसा नेवा पुच कास्की अध्यक्ष शान्ति उदासले गरेकी थिइन् ।

नेवा खलका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा ल्याम्ह पुचका निर्बतमान अध्यक्ष राम बहादुर रजक नेवा मिसा पुचका निर्बतमान अध्यक्ष शान्ती उदास लगायतका बोलेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here