अन्तरवार्ता

न्यू ग्यालेक्सीमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम

पोखरा, ६ साउन

पोखरा ३ नदीपुरस्थित न्यू ग्यालेक्सी (उच्च) मा.वि. कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिजम तथा होटल म्यानेजमेन्टले कक्षा ११ विज्ञान, व्यवस्थापन, टुरिजम तथा होटल म्यानेजमेन्ट संकायमा यसै शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एक भव्य कार्यक्रम बिच स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. एलियामा जोनज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विज्ञान संकायमा अध्ययनरत छात्रा सिसम श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिइन् भने विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीमाया कायस्थ, विद्यालयका डाइरेक्टर राजु कायस्थ, सहायक प्राचार्य राजेश भण्डारी, विज्ञान सङ्कायका संयोजक दीपक अधिकारी, डिसिप्लिन तथा खेलकुद इन्चार्ज क्याप्टेन वीर बहादुर गुरुङ, एकेडेमिक डिन भरत भण्डारी लगायत न्यू ग्यालेक्सीमा अध्यापनरत सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई टिका, फूलमाला र खादाले स्वागत गरेका थिए ।
त्यसैगरी टुरिजम तथा होटल म्यानेजमेन्ट विषयका अग्रणी व्यक्तित्व विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले विद्यालयको नीतिनियमको जानकारी गराउँदै विद्यार्थीहरु आफ्नो लक्ष्यतर्फ कसरी अगाडि बढ्न सक्छन्, सफलता असफलता भनेका के हुन्, जीवनमा कसरी सफलता हात पार्न सकिन्छ भन्ने जस्ता विषयवस्तु समेटिएको उत्प्रेरणात्मक अभिमुखिकरणले नवआगन्तुक विद्यार्थीहरूमा नयाँ जोस जाँगर र उत्प्रेरणा प्रदान गरेका थिए । त्यसैगरी विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थले पहिलेको शिक्षा र अहिलेको शिक्षामा देखिएका परिवर्तनहरुको बारेमा चर्चा गर्दै सफलताको लागि विद्यार्थीहरूमा हुनुपर्ने गुणहरुको बारेमा मार्गनिर्देश गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. एलियामा जोनले विगत र वर्तमान पोखराको शैक्षिक तथा भौतिक विकासको बारेमा चर्चा गर्दै सोमबारको शिक्षामा इमानदारिता, नैतिकता र सेवाको भावना हुनुपर्ने कुरामा प्रकाश पारेकी थिइन् । त्यसैगरी विभिन्न विधामा उत्कृष्टता हासिल गरेका न्यू ग्यालेक्सीमा कक्षा ११ मा भर्ना भएका छात्र–छात्राहरु मिस एसइइ गण्डकी २०१९, मिस एसइइ क्वीन २०१९, मिस एसइइ पोखरा, मिस एसइइ रोयल पोखरा विजेताहरु, यसैवर्षको एसइइमा गाउँपालिकाहरुमा उत्कृष्ट नतिजा ल्याई यस विद्यालयमा भर्ना भएका विद्यार्थीहरू लगायत खेलकुदतर्फ तेक्वान्दो, कराँते र म्याराथनमा उत्कृष्टता हासिल गरेका कक्षा ११ मा भर्ना भएका खेलाडी भाइबहिनीहरु लगायत कान्तिपुर टेलिभिजनद्वारा आयोजित स्पेल बि कन्टेस्ट नेपाल २०१९ की विजेता कक्षा १२ विज्ञान संकायमा अध्ययनरत छात्रा सिसम श्रेष्ठलाई विद्यालयले यसै कार्यक्रमका बिच सम्मान गरेको थिए । विगतको वर्षमाझैँ यस वर्ष पनि न्यू ग्यालेक्सीले सात सेक्सनमा विद्यार्थी भर्ना गरेको छ । कक्षा १२ विज्ञान, व्यवस्थापन, टुरिजम तथा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूद्वारा प्रस्तुत नेपालका विभिन्न जातजातिहरुको भेषभूषामा सुसज्जित नृत्य तथा गायनले भरिपूर्ण संगीतमय तथा भरपुर मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ लगायत कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीद्वय मिस एसइइ क्वीन २०१८ की विजेता सुप्रिमा तुलाधर र कक्षा १२ होटल म्यानेजमेन्ट एण्ड टुरिजममा अध्ययनरत छात्रा सन्तोषी क्षेत्रीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here