अन्तरवार्ता

पक्षे अस्पतालका सुत्केरीलाई जोन्टाको सचेतना

पोखरा, २६ भदौ
अन्तर्राष्ट्रिय संस्था जन्टाले बिहीबार पोखरामा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी सचेतना कार्यक्रम आयोजना गर्यो । जोनटा १०० वर्ष पुगेको अवसर पारी एरिया–२, डिष्ट्रिक्ट २५ अन्तर्गत पोखरा क्लबले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको सुत्केरी महिलालाई सचेतना कार्यक्रम आयोजना गरेको हो ।
उक्त अवसरमा सुत्केरी भएपछि गर्नपर्ने काम, बच्चालाई दूध खुवाउने तरीका, सुत्केरी महिलाको आहार, स्वास्थ्य र सरसफाई सम्बन्धी जानकारी गराईएको हो ।
सुत्केरी महिलालाई प्रशिक्षण दिंदै  पोष्ट अपरेटिभ वार्डका ईन्चार्ज गंगा शाक्य रञ्जितले सुत्केरी महिलाले सरसफाइमा ध्यान दिनुपर्ने बताइन् । उनले सुत्केरी आमाले बच्चालाई पलपलमा ख्याल गर्नुपर्ने, बच्चा नरोएमा तथा धेरै रोएमा ध्यान दिनुपर्ने बताइन् । उनले बच्चाले दूध खाने र आमाले खुवाउने तरिका बारेमा सकेच जानकारी गराएकी थिइन् ।
संस्थाकी सर्भिस डाइरेक्टर तथा डाइटिसियन श्रीविद्या कायस्थले बच्चाको उमेरसंगै खुवाउनुपर्ने पोषण तत्वका बारेमा जानकारी गराएकी थिइन् ।
साथै अहिले देशभर फैलिएको डेंगु रोग लाग्नबाट जोगाउन अस्पतालमा रहेका २१ जना सुत्केरीलाई झुल वितरण समेत गरिएको थियो ।


अमेरिकाको न्यूयोर्कमा केन्द्रीय कार्यालय रहेको जोनटा करिब ५ वर्ष अघि नेपालमा विस्तार गरिएको हो । पोखरामा भने केही अघिमात्र स्थापना भएको हो । संस्थामा हाल ३१ जना सदस्य छन् । पोखरा क्लबको नेतृत्व लिना श्रेष्ठ गोशेलीले गर्दै आएकी छन् ।
उनले नेतृत्व गरेको छोटो समयमै संस्थाले विभिन्न रचनात्मक काम गरिसकेको छ । विशेषगरि महिला सशक्तिकरणमा ध्यान दिने संस्थाको उद्देश्य रहेको छ । सोही अनुरुप संस्थाले यसअघि सलाद बनाउने तालिम आयोजना गर्यो भने बालबिवाह रोक्ने अभियान सञ्चालन गरिरहेको छ । आमा सुरक्षा कार्यक्रम संस्थाको तेस्रो कार्यक्रम हो ।


संस्थाकी अध्यक्ष गोशेलीले संस्थाको नीति अनुरुप पौढ शिक्षा सञ्चालन, पहिलो पटक हुने रजस्वला बारे सचेतना, महिला हिंसा विरुद्ध आवाज उठाउँदै अघि बढ्ने बताइन् ।

 

ऊक्त कार्यक्रममा अस्पपताका डाईरेक्टर डा. अजुन आचार्य, गाईने डिपार्टमेण्ट प्रमुख डा. डेला जोशी सिंह तथा अस्पतालका मयाट्रन सरिता कार्की कार्यक्रममा सहभागि भई सहयोग गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here