अन्तरवार्ता

पत्रकार महिलालाई समाजले बढि बिश्वास गर्छ ः गण्डकी प्रदेशसभा सदस्य थापा

सरिता तिम्सिना पगेनी
पोखरा २४ जेठ

पोखरा ।गण्डकी प्रदेशसभा सदस्य बिन्दु कुमार थापाले पत्रकार महिलालाई समाजले बढि बिश्वास गर्ने बताएका छन । शुक्रबार नेपाल प्रेस युनियनले पोखरामा आयोजना गरेको लंैगिक समता र सुरक्षा तालिमको उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन । महिला पत्रकारले लेखेका र बोलेका कुरालाई समाजले बढि बिश्वास गर्ने हुनाले लैंगिकताका सवाल पनि पत्रकार महिलाले उठान गर्दा बढि प्रभाबकारी हुने उनको भनाई थियो । महिलाले नेतृत्व गरेका संस्थाका गतिबिधि पारदर्शी हुन्छन् भन्दै थापाले भने , पत्रकारिता क्षेत्रका बिभिन्न अबसरमा पत्रकार महिलाको पहँुच बढाउनु पर्छ । नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले लोकतन्त्रको संस्थागत बिकास गर्न पत्रकारिता क्षेत्रलाई स्वतन्त्र रुपमा काम गर्न दिनु पर्ने बताए । नेपाल ज्योतिष पत्रकार महासंघका अध्यक्ष डा बलराम उपाध्याय रेग्मीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको संख्यात्मक सहभागिता बढ्दै गएको भन्दै लैंिगकमैत्री समाज निर्माणमा पत्रकार महिलाले महत्वपुर्ण भुमिका खेल्ने सक्ने बताए । नेपाल प्रेस युनिय कास्कीका कार्यबाहाक अध्यक्ष प्रकाशचन्द्र साप्कोटाले पत्रकार महिलाको क्षमता अभिबृद्धिको सवालमा युनियन सधै प्रतिबद्ध रहेको बताए । उनले पत्रकार महिलाको प्रोत्साहनका लागि पुरस्कार ,तालिम जस्ता कार्यक्रमहरु संचालन गर्न लागेको समेत जानकारी दिए ।नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, कार्यक्रम संयोजक एबं तालिमका सहजकर्ता सरिता तिम्सिना पगेनीले पत्रकार महिलाहरुलाई कार्यस्थलमा लैगिंक समता तथा सुरक्षाका बिषयहरुमा परिचित गराउने उदेश्यले तालिमको आयोजना गरिएको जानकारी दिईन । वानका महासचिब तालिमका सहजकर्ता दुर्गा अधिकारीले तालिममा लैगिंक समता,कार्यस्थलमा लैगिंक दुब्र्यबाहार बिरुद्ध कसरी लड्ने ,लैंगिक मुलप्रवाहिकरण ,पत्रकारको अधिकार र लैगिंक समता लगायतका बिषयमा सहजीकरण गरिने बताईन्। नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एबं कार्यक्रम संयोजक सरिता तिम्सिना पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियान्ता अम्बिका ढकाल, रेडियो जननीका सचिब हसना बस्नेत लगायतले बोलेका थिए । बिभिन्न संचार माध्यममा कार्यरत पत्रकार महिलाहरुको सहभागिता रहेको तालिम दुई दिन सम्म चल्ने छ ।तालिम अन्तराष्ट्रिय पत्रकार महासंघको सहयोगमा संचालन गरिएको हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here