अन्तरवार्ता

पिएनसीमा विद्यार्थी युनियनको चुनावी सरगर्मी

प्रजिता पराजुली
पोखरा, १० पुस
पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनावको सरगर्मी बढेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु चुनावको मिति तय गरेसंगै क्याम्पसमा क्रियाशील विद्यार्थी संघसंगठन आआफ्ना आन्तरिक गतिविधिमा क्रियाशील हुन थालेका छन् ।
अनेरास्ववियु कास्की जिल्ला कमिटीका अध्यक्ष विवेक देवकोटाले पृथ्वीनारायण क्याम्पसमा यसपटक कुनै पनि हालतमा स्ववियु निर्वाचन हुनुपर्ने त्यसका लागि अनेरास्ववियु चुनावको पूर्ण तयारीमा रहेको बताएका छन् ।
यस्तै, नेविसंघ क्याम्पस इकाईका सभापति दिपक शर्माले यसपटकको चुनावमा नेविसंघले लालकिल्लाका तोड्ने गरी आफ्नो तयारी गरेको बताए । चुनावको तयारी स्वरूप अखिल बिहीबार नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ ।
यता, नेविसंघले कक्षा कमिटी निर्माण गर्ने तयारी गरेको छ । पृथ्वीनारायण क्याम्पसमा २०६५ साल यता स्ववियु चुनाव हुन सकिरहेको छैन । समयमै स्ववियु निर्वाचन नहुँदा विद्यार्थीका समस्या समाधान गर्न मुस्किल परेको अर्का विद्यार्थी नेता विवेक त्रिपाठी बताउँछन् ।
पृथ्वीनारायण क्याम्पसमा २०२२ सालमा सोमनाथ अधिकारी प्यासी प्रथम स्ववियु सभापति निर्वाचित भएका थिए । त्यसयता राष्ट्रिय राजनीतिमा समेत पृथ्वीनारायण क्याम्पसका विद्यार्थी नेताहरुको उपस्थिति रहँदै आएको छ ।
स्ववियुमा नेतृत्व गरेका मध्ये अधिकारी पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री, पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारी, तुलबहादुर गुरुङ, पदम गिरी, राजिव पहारी, दिलिपविक्रम शाही, रश्मी आचार्य लगायत हुन् । उनीहरूमध्ये धेरै अहिले राजनीतिमा स्थापित् नेताहरू हुन् ।
विद्यार्थीका साझा समस्यालाई समाधान गर्ने वैधानिक थलोका रूपमा स्ववियुलाई लिने गरिन्छ । विगत १० बर्ष यता स्ववियु निर्वाचन नभएपछि विद्यार्थी संगठनहरूले निर्वाचनको माग गर्दै आएका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here