अन्तरवार्ता

पृथ्वीचोकमा खुल्यो कुन्ती मल

पोखरा, ७ जेठ
पोखराको टड्कारो समस्या बनिसकेको छ, ‘पार्किङ’ । विशेषगरी शहरको मुख्य चोकहरूमा पार्किङ समस्या जटिल बन्दै गैरहेको छ । पार्किङ समस्याले एकातिर ब्यापार खस्किँदो छ भने अर्कोतिर उपभोक्तालाई मर्का परिरहेको छ । यसैलाई मध्येनजर गर्दै पोखराको ब्यस्त बजार पृथ्वीचोकमा प्रशस्त पार्किङ सहितको ब्यापारिक मल सञ्चालनमा आएको छ । एउटै भवनभित्र उपभोक्तालाई आवश्यक पर्ने सबै सामग्री उपलब्ध हुने गरि मल सञ्चालनमा ल्याईएको हो ।
दैनिक उपभोग्य सामग्रीदेखि सौख र श्रृङ्गारका सामग्री समेत मलभित्र उपलब्ध छ । पृथ्वीचोक आडैमा करिब १५ करोड लागतमा कुन्ती मल सञ्चालन गरिएको सञ्चालक विवेक गुरुङले बताए । सटरमा १ सय २३ वटा सटरहरू छन् । मलका अधिकांश सटरहरू बुकिङ भैसकेका छन् भने धेरै सटरहरूमा ब्यापार समेत सुरु भैसकेको छ । भवनको अण्डर ग्राउन्डमा पार्किङ छ । पहिलो तलामा चंगा डिपाटमेन्ट स्टोर्स, सुनचाँदी पसल, फेन्सी रेडिमेट, ट्राभल्स लगायतका व्यपारीक प्रतिष्ठानहरू छन् भने दोस्रो तलामा ‘६ सय’ पसल, विग बजार, मोवाईल, चस्मा र पार्लर राखिएको छ ।
तेस्रो तलामा रेष्टुरेण्ट सहितको अन्य व्यवसायीक प्रतिष्ठानहरू रहने गुरुङले बताए । अर्का ब्यवसायी निरञ्जन बजिमयसँगको पार्टनरसीपमा मल सञ्चालन गरिएको हो । मल बनाउन जग्गा बाहेक १५ करोड लगानी लागेको सञ्चालकले जनाएका छन् । ‘अहिले पोखराको मुख्य समस्या भनेकै पार्किङ हो । त्यसपछि गुणस्तरीय सामान, गुरुङ भन्छन्, ‘सस्तोमा गुणस्तरीय सामान एउटै छानामुनी पाएपछि ग्राहक अन्त जानै पर्दैन । प्रशस्त पार्किङ पनि छ ।’
उनीहरूले २०४७ सालमै पनि संयुक्त लगानीमा ब्यापारिक मल बनाएको थिए । समय अनुसार परिस्कृत गर्दै नयाँ मोडलमा मल सञ्चालन गरिएको अर्का सञ्चालक निरञ्जन बजिमय बताउँछन् । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मलको दुबैतर्फ सटरहरू र बिच भागमा खाली राखिएको छ । वेलायतमा बिजनेस संकायमै मास्टर्स गरेका विवेकले करिब ४ बर्ष जसो उतै जागिर पनि खाए । स्वदेशबाट फर्किएसंगै मल सहित आफ्नो डिपाटमेन्टल स्टोर्स र ट्राभल्स समेत संचालन गरेका छन् ।
मलमा अनुभवी व्यपारीकहरू भएकोले मलको प्रवद्र्धन हुने सञ्चालकको विश्वास छ । गुणस्तरीय र ब्राण्डेडका सामानहरू मलमा ल्याउन व्यपारीहरूलाई आग्रह समेत गरेका छन्, उनीहरूले । यसलाई पोखराको ब्यापारिक क्षेत्रमा छुट्टै ब्राण्ड बनाउने उनीहरूको सोंच छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here