अन्तरवार्ता

पोखराका अधिकृत विक्रेतालाई प्रशिक्षण

पोखरा, २९ असार
अधिकृत विक्रेता संघ पोखराको संघमा आबद्ध सदस्यलाई लेखा प्रणाली र बजार ब्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ । लेखा प्रणाली सम्बन्धी प्रशिक्षण संघका आर्थिक सल्लाहकार प्रा.डा. वेदनाथ शर्मा र बजार व्यवस्थापन सम्बन्धी प्रशिक्षण रामप्रसार तिवारीले दिएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष हरिराज पन्तले व्यावसायिक हकहित र व्यावसायमा आइपर्ने चुनौतीका लागि संघले डटेर सामना गर्ने बताए ।
नेपाल वितरक महासंघका अध्यक्ष तथा अधिकृत विक्रेता संघ पोखराका निवर्तमान अध्यक्ष सुरेश अधिकारीले सरकारले अब लागू गर्न लागेको अनलाईन ट्याकिङ सिस्टम (भिसिटिएस) ले हाम्रो जस्तो व्यावसाय र हाम्रो जस्तो भौगोलिक परिवेशमा सम्भावना नरहेकोले स्पष्ट पारे ।
उनले महासंघले सम्बन्धित निकायमा यसको बारेमा ध्यानाकर्षण गर्ने र यसमा सम्पूर्ण जिल्ला संघको समर्थन रहेको भन्दै संघले आव्हान गरेमा व्यावसायी एकजुट भै लाग्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रम संचालक संघका महासचिव मनोज कुमार श्रेष्ठले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
संघले आगामी साउन १ गतेदेखि यसअघि दिंदै आएको निःशुल्क डोर टू डोर सेवा नदिने निर्णय गरिसकेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here