अन्तरवार्ता

पोखरा कालीखोलामा पक्की पुल

पोखरा ५ असोज

पोखरा महानगरपालिकाले वडा १६ को काली खोलामा पक्की पुल निर्माण गर्ने भएको छ । ३ करोड ३० लाखको लागतमा टुम्के र घोरकुनालाई जोड्ने पक्की पुल बन्न लागेको हो । पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।
फेवा पिएल जेभी कम्पनी पोखराले निर्माणको जिम्मा पाएको छ । पुलको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले राजनीतिका लागि राजनीति नभई विकास लागि राजनीति गर्ने समय आएको बताए । विगतमा धेरै विकासका आयोजनामा भएको राजनीतिका कारण विकासले फड्को मार्न नसकिएको समेत उनले बताए । उनले जनप्रतिनिधिहरु कुनै पार्टी विशेषको नहुने बताए । प्रदेशले योजना निर्माण गर्दा सवै सांसदहरुको सल्लाह, सुझाव र सिफारिशलाई आधार बनाइने समेत उनले बताए ।
मुख्यमन्त्री गुरुङले पोखरा सहरलाई आधुनिक बनाउन ठुलो परियोजना अगाडि सारिएको समेत बताए । महानगरपालिकाको मेयर मान बहादुर जिसी र आफ्नो वीचमा यसमा छलफल भएको भन्दै पॉच बर्ष भित्र मुख्य सडकहरु चार लेनको बनाइने बताए । सहायक सडकहरु पनि २ लेनको बनाउने लक्ष्यका साथ आफुहरु आगडि बढेको मुख्यमन्त्री गुरुङको भनाई छ । पर्यटकको चाहनालाई ध्यान दिदै आधुनिक पार्कहरु र स्मार्ट ट्वाइलेटको योजनाहरु बनिरहेको उनले सुनाए । पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य सोमनाथ अधिकारीले समग्र विकासको केन्द्र पुल रहेको चर्चा गर्दै समयमै निर्माण सम्पन्न भएर जनताले उपयोग गर्न पाउनुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद विन्दु कुमार थापा प्रदेश सरकारले विकासको आयोजनामा छुट्याउदा पक्षपात गरिरहेको आरोप लगाए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तोकिएको मितिभन्दा छ महीनाअघि पुल निर्माण सम्पन्न गरेर फरफारक गरे निर्माण व्यवसायीलाई सम्मान गरिने प्रतिबद्धता व्यक्त गरे । महानगरपालिकाको रु तीन करोड ३३ लाख ३१ हजार ३२५ लागतमा पुल निर्माणका लागि गत भदौ ५ गते फेवा÷पिएल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।
विसं २०७७ मङ्सिर ५ गतेभित्रमा निर्माण सम्पन्न गरिने आरसीसी मोटरेवल पुल २५ मिटर लम्बाइ तथा फुटपाथबाहेक पाँच मिटर फराकिलो हुने महानगरका इञ्जिनीयर धुव्र भट्टराईले जानकारी दिए । पुल बनेपछि वडाका काभ्रे, घोरकुना, ताप्ले ¥याले, अर्मलाकोट, जोगिमणि तुम्केलगायतका जनता प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष जीवन आचार्यले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here