अन्तरवार्ता

पोखरा जेसीजको ‘‘जेसीज वीकइण्ड’’ सुरु

पोखरा ।

पोखरा जेसीजको यसवर्षको ‘‘जेसीज वीकइण्ड’’ शुक्रवार पोखरा उध्योग वाणिज्य महासंघको अमृत सभाकक्षमा समुद्घाटन भएको छ । पोखरा जेसिजका पुर्व अध्यक्ष तथा नेपाल उध्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीको प्रमुख आतिथ्यता तथा पोखरा उध्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

बर्ष २०१९ को “सकरात्मक प्रभावका लागि एकता” भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी मुल्मीले हाल युवाहरुमा व्यक्तिगत बिकास, क्षमता बिकास र उध्यमसिलता बिकास हुदै गएको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा औपचारिक उद्घाटन गरिएकोे जेसीज वीकइण्डको पहिलो दिनको कार्यक्रम स्थानिय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुहरुलाई लक्षित गरेर युवा उद्यमशिलता सम्बन्धी उत्प्रेरणामुलक कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । उक्त कार्यशाला गोष्ठिमा जल महल रिसोर्ट पोखराका प्रबन्ध निर्देशक तथा प्रोफेसर डा. दिनेश प्रसाईले थ्यगतज भ्लतचभउचभलभगचकजष्उ सम्बन्धी र उध्यमि कपिल तमोटले भ्लतचभउचभलभगचकजष्उ ज्ञण्ज्ञ – न्भततष्लन ष्त च्ष्नजत भन्ने शिर्षकमा सहजिकरण गरेका थिए । पोखरामा रहेर बिभिन्न पेशा व्यावसायमा आबद्ध करिब १५० जना भन्दा बढि युवा व्यावसायीहरुको सहभागिता रहेको गोष्ठिमा पोखरा महानगरपालिका नबिल बैंक लगाएत बिभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।
दोस्रो दिन शनिवार अन्नपुर्ण गाउँपालिकाका स्थानियलाई लक्षित गरेर शनिवार माछापुछ«े मा.वि प्राङ्गण, ढिकुरपोखरी, कास्कीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने छ । अन्नपुर्ण गाउँपालिका सँगको समन्वय तथा कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राबिधिक सहयोगमा हुने शिवीरकोे संयोजन जेसी गणेश गिरीले गर्नेछन् ।

पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षता सम्पन्न कार्यक्रमको सन्चालन महासचिव जेसी शक्ति बरुवाल स्वागत कार्यक्रम संयोजक जेसी बिनु श्रेष्ठ तथा आस्थापाठ सन्देश पराजुलीले गरेका थिए।

वीकइण्डको अन्तिम दिन जेठ १२ गते रन्जित इभेन्ट सेन्टर रानिपौवा ११, पोखरामा पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समुह, स्कुल, शिक्षक÷ शिक्षिका, बालबालिकालाई लक्षित गरेर असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रमको आयोजना गरिने छ । पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न त्रीदिवसीय कार्यक्रको आयोजना गरेर मनाइने ‘‘जेसीज वीकइण्ड’’ आइतवार समापन हसनेछ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here