अन्तरवार्ता

पोखरा बिश्वबिद्धालयको नेतृत्व अन्योलतामा,विद्यार्थीहरु आक्रोशित।।।

शिव बराल
पोखरा ।।। पोखरा बिश्वबिद्धालय बिगत ११ महिना देखि पुर्णकालिन नेतृत्व बिहिन अवस्थामा रहेको छ। बिगत ११ महिना देखि बिश्वबिद्धालयले न त पुर्णकालिन उपकुलपति नै पाएको छ न त रजिस्ट्रार नै; यहाँ निमित्त उपकुलपतिले नै नेतृत्व गरिरहनु भएको छ। ११ महिना अगि पोखरा बिश्वबिद्धालयको उपकुलपति डा चिरञ्जीवी शर्मा थिए।उनको कार्यकाल सकिए पछी बिश्वबिद्धालय ले पुर्णकालिन नेतृत्व पाउन सकिरहेको छैन।
डाक्टर शर्माको कार्यकाल सकिएपछि रिक्त पदमा बिज्ञान तथा प्राबिधिक संकाय प्रमुख ई बुद्धि राज जोशी निमित्त उपकुलपति को रुपमा नियुक्त भएकाथिए। उनको ३ महिने कार्यकाल सकिए पछि पनि उनि नै निमित्त उपकुलपती रहेका थिए। ई जोशिको पहिलो ३ महिने कार्यकालमा बिश्वबिद्धालय मा रजिस्टारको रुपमा हरिबहादुर खड्का रहे भने पछिल्लो ३ महिले कार्यकालमा डा अजय थापा रजिस्ट्रार को रुप नियुक्त भए।
इन्जिनियर जोशिको पछिल्लो ३ महिने कार्यकाल सकिएपछी मानबिकी संकाय प्रमुख प्राडा इन्द्रप्रसाद तिवारी निमित्त उपकुलपति को रुपमा नियुक्त भएका थिए साथै बिष्णु तिवारी रजिस्ट्रार को रुपमा नियुक्त भएका थिए।
पछिल्लो केहि महिना देखि उपकुलपति र रजिस्ट्रार बिहिन भएको छ पोखरा बिश्वबिद्धालय; पुर्णकालिन नेतृत्व न भै निमित्त उपकुलपति भएकै कारण बिश्वबिद्धालय ले गति लिन सकिरहेको थिएन। न त समय मा परिक्षा हुन सकिरहेको थियो न त पढाइ नै। उपकुलपति र रजिस्ट्रार नै नभए पछि संकाय का अन्य कर्मचारीहरुलाई काम गर्न कठिनाइ भै रहेको अवस्था छ। उनिहरु चाहाना हुदाहुदै पनि कुनै पनि कदम लिन सक्ने अवस्था बनिरहेको छैन।
पोखरा बिश्वबिद्धालय मा सिविल इन्जिनियरिङ ७ औ सेमेस्टर अध्यायनरत विद्यार्थी अर्जुन पराजुली भन्छन “अहिले मेरो ८ औ सेमेस्टर को परिक्षा तयारी गरिरहनु पर्ने समय हो तर मैले अझै सम्म पनि सातौ सेमेस्टरको परीक्षा दिन पाएको छैन। म जस्ता हजारौ विद्यार्थी यस्तै समस्याको चपेटामा हुनुहुन्छ।”
एउटा त कोरोना को महामारी पनि समस्या भयो जुन समस्या बिश्वभरी नै समस्याको रुपमा रहेको छ भने अर्को उपकुलपति र रजिस्ट्रार हरु पुर्णकालिन नहुनाले पढाइ तथा परीक्षा गतिविधि हरु थप्प रहेको पराजुली ले जानकारी दिए।
पराजुली भन्छन “त्रिभुवन बिश्वबिद्धालयले असोज अगि परीक्षा हुने भनेर सुचना दिई सक्यो,काठमाडौ बिश्वबिध्यालय ले पनि शिक्षा मन्त्रालयले योजना बनाउनु भन्दा अगाडि देखि नै युनिभर्सिटी को आफ्नै योजना अनुसार विद्यार्थी लाइ सहज बाताबरण सिर्जना गरेको अवस्था छ तर हामी अझै अन्योलतामा छौ।”
हालसालै पोखरा बिश्वबिद्धालयको यस अन्योलता बाट निकास दिलाउनु पर्यो भन्दै बिश्वबिद्धालयका राजनैतिक सङ्गठन भन्दा अलग रहेका र गैरराजनीतिक गतिविधिमा सक्रिय रहेका विभिन्न विद्यार्थीहरु जो पढाई मा पनि अब्बल छन, उनिहरु मिलि बिश्वबिद्धालय को केन्द्रिय कार्यलय लाई साउन २ गते दवाब तथा पर्दशन गरेका छन। उनिहरुले आफ्नो समुहलाइ “भ्वाइस अफ स्टुडेन्ट” नाम दिएको पराजुली ले माछापुच्छ्रे न्युजलाइ जानकारी दिए।
समुहको नेतृत्व समेत गरेका पराजुलीले भन्छन ” हामी जब सम्म यो समस्याको समाधान हुदैन तब सम्म ब्याक हुदैनौ”
उनिहरुले साउन ९ गते जिल्ला प्रशासन कार्यलय अगाडि पनि शान्तिपुर्ण दवाब कार्यक्रम आयोजना गरेको पनि जानकारी दिए।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here