अन्तरवार्ता

पोखरा ८ मा शैक्षिक सहजता

पोखरा, २३ असार

पोखरा महानगरपालिका वडा नम्वर ८ मा सञ्चातिल शैक्षिक सहजता कार्यक्रम सम्पन्न भएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत समाजमा विगतमा विभिन्न कारणले शिक्षा आर्जन गर्न नपाएका महिलालाई लक्षित गरेर शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नम्वर ८, १५, १७ लगायतका वडामा शैक्षिक सहजता कार्यक्रम संचालन गरिएको छ । एयरपोर्ट टोल विकास संस्थाले आयोजना गरेको ३ महिने शैक्षिक सहजता कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले हिजो औपचारिक शिक्षाबाट बञ्चित भएकालाई लेख्न, पढन सक्ने बनाउने उद्देश्यले शैक्षिक सहजता कार्यक्रम संञ्चालन गरिएको बताइन् ।
‘विभिन्न कारणले अध्ययन गर्नबाट बञ्चित भएका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले उपप्रमुखसंग महिला कार्यक्रम मार्फत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भनिन, ‘महिलालाई कार्यक्रममार्फत ३ महिने शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको छ ।’
गुरुङले हिजो विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट बञ्चित भएका आमा दिदिबहिनीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको भन्दै शिक्षा सिकाई भएकाले मानिसले जन्मदेखि सिकाई सुरु हुने र कहिल्यै अन्त्य नहुने बताइन् ।
शिक्षाको कारण महिला पछाडि परेको भन्दै उनी थप्छिन् ‘नेपालको संविधानले महिलालाई धेरै अधिकार दिएको भएपनि अधिकारका बारेमा ज्ञान नहुँदा प्रयोग गर्न नपाएका छैनन् ।’
कार्यक्रममा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सिकेको कुरालाई व्यवहारमा उत्तार्न दैनिक घरमा पनि अध्ययन गर्न आग्रह गरे । उनले खुला विद्यालय अन्र्तगत परिक्षा दिन पाइने भएकाले अध्ययनलाई अगाडि बढाउन सुझाव दिए । वडा सदस्यत्रय किरण गौतम, लक्ष्मी कौशल र कृष्णमान ठुसाजुले वडाले सहयोग गर्ने बताउँदै पढाईलाई निरन्तरता दिन आग्रह गरे ।
सहभागीको तर्फबाट सोनाम गुरुङ, देउ माया तामाङ, धनकुमारी लामिछानले शैक्षिक सहजता कार्यक्रम सञ्चालनले लेख्ने र पढन सक्ने भएको बताउँदै कार्यक्रमलाई थप गरिदिन आग्रह गरे ।
यसैवीच कार्यक्रममा वडा ८ का सदस्य कृष्णमान ठुसाजुले एयरपोर्ट टोल विकास संस्थालाई आफुले प्राप्त गर्ने सेवासुविधा वापतको ८ हजारमा थप ८ हजार थपि अक्षकोषका लागि हस्तान्तगरण गरे । कार्यक्रम एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष सावित्री घिमिरेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here