अन्तरवार्ता

प्रदेशसभा सदस्य मनाङ्गे नेकपामा प्रवेश

पोखरा, १९ असार
मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजितकार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूहकास्की जिल्ला सचिवालय सदस्य पुष्पकार्कीलाई टीका खादासहित नेकपाको सदस्यता हस्तान्तरण प्रदान गरे ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेपालका कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै मुलुकका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्नेमा जोड दिए । विध्वंसात्मक गतिविधि सञ्चालन गर्दै आएकाहरु मूलधारको राजनीतिमा आउनाको विकल्प नभएको बताउँदैै उनले जनताका लागि यस्ता क्रियाकलाप सह्य हुँदैन भने ।
‘दीपक मनाङे’को प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमत भएको जिकिर गरिएको छ ।
नवप्रवेशी राजिबले नेकपाको सिद्धान्त आत्मसात् गर्दै आफू क्रियाशील हुने बताउँदैै समृद्धि र विकासको लक्ष्य वर्तमान नेकपा नेतृत्वको सरकार र पार्टीले गर्ने विश्वासका साथ आफूले पार्टी प्रवेश गरेको बताए ।
नेकपा मनाङका अध्यक्ष एवम् सङ्घीय सांसद पाल्डेन थोपान गुरुङले प्रदेशसभा सदस्य गुरुङ पार्टीमा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय हुने विश्वास व्यक्त गर्दै यसबाट जिल्लाको समग्र विकासमा समेत टेवा पुग्ने बताए ।
नेकपा कास्कीका अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापा र नेकपा प्रदेश सचिव गोविन्द नेपालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेका अवस्थामा पार्टीप्रतिको आस्था विश्वास अभैm बढ्दै गएको धारणा राखे ।

उपनिर्वाचनको आन्तरिक तयारी तीव्र
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका अनुसार, विभिन्नकारणले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीयतहअन्तर्गत गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक तथा नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्षका ३८ पद हाल रिक्त छन् ।
मुलुकका ७७ वटै जिल्ला निर्वाचनकार्यालय, जिल्ला प्रशासनकार्यालय तथा तोकिएका इलाका प्रशासनकार्यालयबाट मतदाता दर्ताको काम निरन्तर भइरहेको प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “नाम दर्ता गराउन छुट भएका योग्य नागरिकले नागरिकताको प्रमाणपत्रसहित आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित जिल्ला निर्वाचनकार्यालय, जिल्ला प्रशासनकार्यालय र मतदाता दर्ताकार्य सञ्चालन भइरहेको इलाका प्रशासनकार्यालयमध्ये आफूलाई पायक पर्नेकार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउनु हुन जानकारी गराइन्छ । सरकारले आर्थिक वर्ष २०७६÷७७को वार्षिक नीति तथाकार्यक्रममा यसै आवमा उपनिर्वाचनकाकाम सम्पन्न गर्ने घोषणा गरिसकेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ । निर्वाचनमा भाग लिन मतदाता नामावलीमा नाम रहनु अनिवार्य हुुन्छ । निर्वाचनमा मतदान गर्न पाउनु एवं मतदाता नामावलीमा नाम दर्ता गराउनु सबै नागरिकको अधिकार र कर्तव्य पनि हो । उक्तकार्यमा आवश्यक सहयोगको लागि आयोगले आमनागरिक, राजनीतिक दललगायत सम्बद्ध सबै सरोकारवालालाई अनुरोध गरेको छ । आयोगले २०७४ सालमा स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरेको थियो । निर्वाचनकानूनअनुसार, आयोगसँगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here