अन्तरवार्ता

फोहरमैला अनुगमनको वार्षिकोत्सव

पोखरा, २५ असार
पोखरा महानगरपालिका वडा नं. ९ को न्युरोडमा रात्रीकालिन फोहरमैला अनुगमन गरेको वर्ष दिनको अवसरमा मंगलबार सडक मै वार्षिकोत्सव मनाईएको छ । कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले स्थानिय वासिन्दाको रात्रीको समयमा अनुगमन गर्दै सावैजनिक स्थानमा फोहरमैला फ्याक्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने वताए ।
यसैगरी वडा नं. ९ का सचिव रामराज लामिछानेले रात्रीकालिन समयमा फोहरमैलाको अनुगमनले शहर सफा भएको भन्दै जनतामा चेतना पनि सम्प्रेषण भएको बताए । उनले अनुगमन टोलीले १ वर्ष भरी उठाउदै लाखौं रुपैयाँ महानगरपालिकाको राजस्वमा जम्मा गरिएको तर कुनै तलब भत्ता नलिई निःस्वार्थ रुपमा रातको ११ वजेसम्म अनुगमन गर्नेको कुनै सम्मान हुन नसकेको बताए ।
अध्यक्ष लामिछानेले आफ्नो वडा आफै सफा गर्छौं फोहर मैलाको जिम्मा वडालाई नै दिनुपर्छ भनेर महानगरको वोर्ड बैठकमा आफूले प्रस्ताव पेश गरेको तर कार्यान्वयन हुन नसकेको बताए ।
रात्रीकालिन अनुगमनलाई सुरुदेखि नै साथ र सहयोग गर्दै आएका वडा नं. ९ का सचिव लोकदर्शन कोईरालाले निःस्वार्थ रुपमा सेवा गर्नेको काम अन्य टोल र वडामा पनि सिको गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले १ वर्षमा ६२ जनाबाट १ लाख २१ हजार भन्दा बढी राजस्व संकलन गरी महानगरपालिकालाई बुझाएको पनि बताए । मंगलबार पोखरा न्यूरोडको सडक पेटीमा रात्रीकालिन अनुगमनका तस्विर, जरिवाना गरिएको रसिदको मिति, नम्बर र रकम सहितको व्यानर टाँसेर गरिएको कार्यक्रममा रात्रीकालिन फोहरमैला अनुगमनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने ५० जना भन्दा वढिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा त्रिवेणी संगीतालय तथा भक्ति संगितका कलाकारले फोहर मैला गर्नु नहुने सन्देशमूलक गीतहरु प्रस्तुत गरेरका थिए । नयाँसडक टोल सुधार समितिकी अध्यक्ष नन्दकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खिमा गुरुङले गरेकी थिइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here