अन्तरवार्ता

बगैचा टोलविकास संस्थाको सरसफाई

गणेश पहारी
पोखरा १५असार

बगैचा टोल विकास संस्था पोखरा महानगर पालिका वडा नं ६ बैदामले शनिबार बगैचा मार्ग वडा समितिको कार्यलय हुदै श्रीकृष्णचोकसम्म सरसफाई गरेको छ । संस्थाले सामाजिक कार्य अन्र्तरगत आफ्नो मासिक तालिका अनुसार उक्त कार्य गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा टोल समन्वय समितिका बैदामका अध्यक्ष गिरीराज अधिकारीले झाडु अध्यक्ष मिना ढकाललाई हस्तारन्तरण गरि कार्यक्रमको सुभारभ्भ गरिएको थियो । बगैचा मार्गदेखी श्रीकृष्ण चोक सम्म करिब १ ट्रक फोहोर संकलन गरीएको सदस्य चन्द्रकला घिमिरे पहारीले जानकारी दिएकी छन ।
टोल विकास संस्था अन्र्तरगत पर्ने मार्ग र घरहरुमा घैरदैलो समेत गरी आफ्नो घर वरिपरि फोहोर नगर्न आग्रह गदै, सरसफाई सम्वन्धि प्रर्चा वितरण गरिएको संस्थाका अध्यक्ष मिना ढकालले बताएकी छन । संस्थाका सदस्यहरुको सहभागितामा गरिएको सरसफाई कार्यलाई उपस्थित मानुभावहरुले राम्रो कामको सुरुवात भनि प्रंशसा गरेका थिए ।
संस्थाका अध्यक्ष मिना ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिब रेनु लामिछाने, प्रमुख अतिथि गिरीराज अधिकारी र सल्लाहकार नबराज अधिकारी लगाएतका बक्ताहरुले आफ्नो घर आगन, टोल सफा गर्ने सके मात्र बास्तबीक सफाई हुने बताउदै सरसफाईको पहिलो प्राथमितकता आफ्नै घर आगन र टोललाई दिएकोमा टोल विकास संस्थालाई धन्यबाद ब्यक्त गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here