अन्तरवार्ता

बन बिज्ञानमा अन्तरक्रिया सम्पन्न

विश्वभर कोरोना संक्रमण र लकडाउनका असरले गर्दा सम्पुर्ण शिक्षा क्षेत्र ठप्प रहेको र तत्काल कक्षाकोठामा अध्ययन अध्यापन सम्भव छैन। यसै लकडाउनका अवधिका विभिन्न चरणमा ने.वि.संघ, वन विज्ञान अध्ययन संथान, पोखरा क्याम्पस इकाई कमिटीले अन्लाईन निबन्ध लेखन कार्यक्रम, विभिन्न वनका विज्ञ संग लोकसेवा प्रशिक्षण कार्यक्रम लगायतका कार्यक्रम गर्दै आएको सर्वविदितै छ। यसै लकडाउनका अवधीमा शैक्षिक क्रियाकलापमा पर्न गएको असर, समस्या र तिनको व्यवस्थापनका पक्षहरु र टि.यु. वन संकाय, डिन कार्यालय र क्याम्पस प्रशासनको भावि योजनाका महत्त्वपूर्ण विषयमा ने.वि.संघ, वन विज्ञान अध्ययन संथान, पोखरा क्याम्पस इकाई कमिटीले जुम एपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम असार ६ गते सम्पन्न गरेको छ। सभापति सरोज रिजालको सभापतित्वमा प्रमुख अतिथि डिन प्रो. डा. कृष्ण राज तिवारी, विशेष अतिथिहरु सहायक डिन डा. जित नारायण साह, सहायक डिन महेन्द्र थापा , क्याम्पस प्रमुख प्रो. ई. विनोद प्रसाद ह्योज्यु, सहायक क्याम्पस प्रमुख डा. विष्णु देवकोटा, परिक्षा नियन्त्रण महाशाखाका प्रमुख प्रो. अवदेश सिङ, प्रजातान्त्रिक प्राध्यापक संघका सभापति राजन सुवेदी, स्ववियु प्रतिनिधि विनोद चापागाईं, अनेरास्ववियु क्याम्पस कमिटीका प्रतिनिधि प्रदिप दङ्गाल, एम.एस.सि विध्यार्थी प्रतिनिधि निरज पोखरेल, वि.एस.सि विद्यार्थी प्रतिनिधि नवीन गौतम लगाएतका व्यक्तित्तोको गरिमामय उपस्थिति थियो। उक्त छलफलमा ने.वि.संघ क्याम्पस इकाइ कमिटीले क्याम्पस प्रमुख समक्ष असार ४ गते बुझाएको विज्ञप्तिका मुख्य मुद्दाहरू इन्टर्नमा रहेका विध्यार्थीको समस्याको समाधान, परिक्षाफल प्रकाशन, र क्याम्पसले गराइरहेको अन्लाईन क्लासका माध्यमका आधारमा मात्र परिक्षा गर्न नहुने आदि विषयमा समेत छलफल भयो। स्ववियु प्रतिनिधि विनोद चापागाईंले रिसर्च र इन्टर्नमा रहेका चौथो वर्षका विध्यार्थीका विषयमा गम्भीर हुन डिन र क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउनु भएको थियो।
त्यसै गरि एम.एस.सिका विध्यार्थी निरज पोखरेलले इन्टर्नल परिक्षा र अन्लाईन क्लासका नाममा यस विषम परिस्थितिमा विध्यार्थीको मनोबल गिराउने कार्य क्याम्पसबाट हुनुहुदैन भन्नुभयो। साथै अनेरास्ववियु प्रतिनिधि प्रदिप दङ्गालले चौथो वर्षको प्रिजेन्टेसन र रिपोर्टका विषयमा र स्थगित भएका टुर र एक्स्कर्सनको समेत विकल्प क्याम्पसले निकाल्नुपर्ने भन्नुभएको थियो। प्रजातान्त्रिक प्राध्यापक संघका सभापति राजन सुवेदिले इन्टर्न र रिसर्चमा रहेका विध्यार्थीका निम्ति विशेष नीति अवलम्बन गर्नुपर्ने, पोखरा हेटौंडा र क्याफकलमा समेत समानन्तर ढङ्गले अनलाइन क्यास गराएर र टुर र एक्सकर्सनको विकल्प खोजिनुपर्ने भन्नुभयो। परिक्षा नियन्त्रण महाशाखाका प्रमुखले आगामी सातासम्म वि.एस.सिको परिक्षाफल प्रकाशन गरिने र एम.एस.सिको समेत परिक्षाफल प्रकाशनको अन्तिम तयारीमा रहेको समेत जानकारी दिनुभयो। डिन कार्यालयले निर्देश गरे अनुरुप परिक्षा संचालन र चौथो वर्षको प्रोजेक्ट र रिसर्च रिपोर्टको मुल्यांकन गरिने जानकारी दिनुभयो। सहायक क्याम्पस प्रमुख विष्णु देवकोटाले चौथो वर्षका रिसर्च र इन्टर्नमा रहेका विध्यार्थीसंग र विभिन्न सम्बन्धित पदाधिकारी संग छलफल गरिरहेको जानकारी दिनुभयो। अहिले क्याम्पसले एम.एस.सि र वि.एस.सि दुवैमा जुम एप र माइक्रोसफ्ट टिममा आधारित भएर अन्लाईन क्लास गराइ रहेको र एम.एस.सिमा ९०% विद्यार्थी सहभागी हुन सम्भव रहेको र वि.एस.सिमा ७०% विद्यार्थी सहभागी रहेको जानकारी दिनुभयो र सकेसम्म कुनैपनी अन्लाईन क्लास नछाड्न सम्पूर्ण विद्यार्थीलाई आवह्वान गर्नुभयो। अन्लाईन क्लासबाट वन्चित भएका विद्यार्थीलाई परिस्थिति सामान्य भएपछि कक्षामा राखेर अध्यापन गराए पछि मात्रै परिक्षा लिइने र विद्यार्थीलाई नआत्तिन, विचलित नहुन र सुरक्षित रहन कामना गर्नुभयो। नवनियुक्त पुर्णकालिन क्याम्पस प्रमुखले सम्पुर्ण विद्यार्थीलाई अन्लाईन क्लासमा समेट्न विभिन्न कठिनाइका कारणले नसकिएको र सम्भव भएका विद्यार्थीलाई अन्लाईन क्लासका साथै प्रोफेसनल जिवनमा उपयोगी हुने विभिन्न कार्यक्रममा सम्मीलित गराइरहेको र सहज परिस्थिति नभए सम्म विद्यार्थीको सिकाइका कार्यक्रमलाई निरन्तरता दिइनेछ भन्नुभयो। क्याम्पस सूचारु भएपछि अन्लाईन क्लास छुटेका विद्यार्थीलाई कक्षामा अध्ययन अध्यापन गराउन विभिन्न फ्याकल्टी र डिपार्टमेन्टका प्रमुखसंग छलफल भएको जानकारी दिनुभयो। साथै पोखरा क्याम्पसले Quality Assurance Accreditation का निमित्त उहाँकै संयोजकत्तोमा University Grant Commission मा रिपोर्ट पठाएको र विभिन्न चरण पश्चात् त्यो फाइनल भएमा क्याम्पसको वृहत्तर शैक्षिक विकाशमा ठूलो टेवा पुर्याउने जिकिर गर्नुभयो।
त्यस्तै गरि क्याम्पसमा रिसर्च कमिटी समेत बनाइएको जसले क्याम्पस र विद्यार्थीका तहबाट हुने विविध रिसर्चका कार्यमा सहयोग पुर्याउने छ भन्नुभयो। लकडाउनमा प्रयोगमा आएका विभिन्न प्रविधिलाई भविस्यमा पनि अनलाइन मार्फत अध्ययन अध्यापन गराउन, वन क्षेत्रका विभिन्न सरकारी गैरसरकारी अहोदामा कार्यरत विज्ञ, पुर्व विद्यार्थीहरु र अन्य प्रोफेसर र युनिभर्सिटीबाट समेत सिक्ने र सिकाउने कार्यमा प्रयोग गरिने जानकारी दिनुभयो। साथै क्याम्पस पेपर बेस डाटाबेसबाट डिजिटल डाटाबेसमा गएको र प्रशासनिक कार्य चुस्त र दुरुस्त हुनेमा विश्वास व्यक्त गर्नुभयो। सहायक डिन महेन्द्र थापाले सम्पूर्ण विद्यार्थीको व्यक्तिगत अवस्थाका वारेमा जानकारी राखी यस विषम परिस्थितिमा उनीहरुको शैक्षिक हितमा चिन्तन रहेको जानकारी दिनुभयो। रिसर्च र इन्टर्नमा रहेका विद्यार्थीका हकमा भने आफ्नो फिल्ड सुपर भाइजर, एड्भाइजर र क्याम्पसको सम्पर्कमा रहन सुझाव दिनुभयो। विभिन्न सेमेस्टरमा अध्यनरत विद्यार्थीको टुर, एक्सकर्सन ,फिल्डवोर्कको र इन्टरनल एसिसमेन्टको बारेमा पनि कसरी नया उपयुक्त विकल्प खोज्ने भन्ने वारे पनि विभिन्न सम्बन्धित पदाधिकारी संग छलफल भइरहेको जानकारीका साथै विद्यार्थीलाई यो असहज परिस्थितिमा प्यानिक नहुन भन्नू भयो। सहायक डिन डा. जित नारायण साहले टि.यु. को रेक्टर कार्यालयले ई. सुवर्ण शाक्यको नेतृत्वमा टि.युको ५ ओटै ईन्स्टिच्युट र ४ वटा फ्याकल्टीका ९ जना सहायक डिनहरु सम्मीलित १३ सदस्यीय टोलिले भएका परिक्षाका परिक्षाफल प्रकाशन र रोकिएका परिक्षालाई कसरी संचालन गर्ने सकिन्छ भन्ने वारेमा अध्ययन र छलफल भएको जानकारी दिनुभयो। वन संकायका डिन प्रो. डा. कृष्ण राज तिवारीले उहाँको कार्यकालकै महत्त्वपूर्ण उपलब्धि मध्य एक वन संकायमा अध्ययनरत विद्यार्थीलाई गत वर्ष देखि वन तथा वातावरण मन्त्रालय संगको समन्वयनमा इन्टर्नमा पठाइएका जहाँ वन क्षेत्रका विविध विषयमा काम गरि अनुभव बटुल्न विद्यार्थीलाई अवसर पुगेको जानकारी दिनुभयो।
यस असामान्य परिस्थितिमा रिसर्च र इन्टर्नमा रहेका विद्यार्थीका विविध समस्या र अफ्ट्यारालाई निराकरण गर्ने विद्यार्थीलाई आफ्नो क्याम्पस, एड्भाइजर, फिल्ड सुपरभाइजर, सम्बन्धित फिल्ड र निकायसंग निरन्तर सम्पर्कमा रहन र जवाफदेहि र जिम्मेवार हुन समेत सुझाव दिनुभयो। साथै इन्टर्नका विद्यार्थीको तलबको हकमा पहिलो महिनाको तलब सम्पूर्णको खातामा हालिएको र बाकीको लागि सम्बन्धित पक्षसंग निरन्तर सम्पर्कमा रहेर आवस्यक कार्य अगाडि बडाउन सुझाव दिनुभयो। रिसर्चमा रहेका विद्यार्थीलाई यस परिस्थितिले डाटा संकलन गर्न अफ्ट्यारो भएमा विभिन्न सम्बन्धित निकाएसंग सेकेन्डरी डाटा लिन डिन कार्यालय मार्फत सहयोग गर्ने र सो क्रममा निरन्तर एड्भाइजरको सम्पर्कमा रहन सल्लाह दिनुभयो। साथै अन्य विद्यार्थीलाई आफ्नै ठाउमा समेत वन, वातावरण कृषि, जीवन पद्धति लगाएतका विविध विषयमा स्व-अध्ययन गर्न सक्ने र इमेल इन्टर्नेट वा फोन मार्फत सम्बन्धित शिक्षक, प्रोफेसरसंग परामर्श, सल्लाह, सुझाव लिएर एस अवस्थालाई समेत उपयोगी बनाउनु पर्ने बताउनु भयो। शैक्षिकसत्र खेर जान नदिन भर्चुअल क्लास भइरहेको अवस्थामा परिक्षा भने समान्य अवस्था नभए सम्म नहुने जानकारी दिनुभयो। फिल्ड वोर्क, टुर, एक्स्कर्सर्न, प्राक्टिकल कसरी गराउन सकिन्छ भन्ने बारे विभिन्न सम्बन्धित पदाधिकारी संग छलफल भएको जानकारी दिनुभयो। नयाँ भर्नाका लागि एम.एस.सि र वि.एस.सिको प्रवेश परिक्षा भने परिस्थिति सामान्य भएपछी अन्य परिक्षा संग सन्तुलन हुने गरि गरिने जानकारी दिनुभयो। अन्त्यमा सभापति सरोज रिजालले विभिन्न सम्बन्धित पक्षले आवस्यक नीति तर्जुमा गरि कार्यक्रम संचाल गर्न, विद्यार्थीको सहजता र सहयोगका लागि क्याम्पस प्रशासन र डिन कार्यालयबाट आवश्यक सहयोग र कार्यक्रम यथाशीघ्र कार्वान्वयन हुनुपर्ने र विद्यार्थीले शैक्षिक कार्यक्रमलाई अगाडि बडाउन सहयोग गर्ने भन्दै छलफल र अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी लगाएत सम्पुर्ण अतिथि र सहभागीलाई स-धन्यवाद दिदै समापन गर्नुभयो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here