अन्तरवार्ता

बाथ रोग तन्नेरी महिलामा बढी

डा. विष्णुप्रसाद चापागाइँ
परिचय ः बाथरोग भन्नाले कुनै एउटामात्र रोग नभएर विभिन्न रोगहरूको संकलनलाई बुझाउँछ । अहिलेसम्म १०० भन्दा बढी प्रकारका बाथरोगहरू पत्ता लागिसकेको छ । यो रोग प्रायःजसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ । हाम्रो शरीरमा बाहिरी जीवाणुसँग लड्नका लागी विशेष कोशिकाहरू हुन्छन् । जब कुनै कारणवश यी कोशिकाहरूले आफ्नै शरीरका विभिन्न अंगहरूलाई आक्रमण गर्न थाल्छन्, त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरूमा बाथरोग, डाइबेटिज, थाइराइड तथा अन्य रोगहरू पर्दछन् ।
कारण के हो ?
बाथरोग लाग्नुको ठीक कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । तर, जेनेटिक र कुनै विशेष जीवाणुको संक्रमणको कारणले भने बाथ लाग्न सक्छ । यसैगरी, चुरोटको धूवाँले बाथको मात्रा बढाउन सक्छ । अहिलेसम्म १०० प्रकारका भन्दा बढी बाथ पत्ता लागिसकेको छ । नेपालको सन्दर्भमा भन्नु पर्दा प्रायः जसो देखिने बाथ गठिया बाथ, कुरकुरे हड्डी खिइने बाथ, हड्डी मक्किने बाथ, युरिक एसिडको बाथ, मेरूदण्डको बाथ, लुपस, मांसपेशीको बाथ आदि हुन् ।
यीबाहेक अन्य प्रकारका बाथ पनि देखिने गरेको छ । नेपालमा बाथको संख्या कति छ भनेर कुनै तथ्यांक त अहिलेसम्म छैन । तर, विश्व तथ्यांकअनुसार विश्वको १० प्रतिशत जनसंख्यालाई बाथरोग हुने अनुमान गरिएको छ । यस हिसाबले नेपालमा पनि प्रायः ३० लाख बाथरोगी हुनुपर्छ ।
बाथको प्रकारअनुसार लक्षणहरू भिन्नभिन्न हुन्छन् । प्रायःजसो सबै बाथमा हुने लक्षण भनेको जोर्नीहरू दुख्नु हो । साना तथा ठूला जोर्नीहरू दुख्ने, सुन्निने र अरठ्ठो हुने प्रारम्भिक लक्षणमा पर्छ । समयमै उपचार नगर्दा जोर्नीहरू बिस्तारै बांगिँदै जान सक्छ । यो बाथ प्रायःजसो ४० वर्ष कटेका महिला मान्छेमा बढी देखिन्छ । पुरूषमा भन्दा महिलामा यो ३ गुणा बढी देखिएको छ । यस बाथमा जोर्नीहरू दुख्ने, सुन्निने र अरठ्ठो हुने अनि बिस्तारै बाङ्गिदै जाने हुन्छ ।
यो बाथ प्रायःजसो ५० वर्ष कटेका महिला र पुरूषमा बढी देखिन्छ । यसमा धेरैजसोको घुँडाको जोर्नी तल–माथि गर्दा अथवा उकालो–ओरालो हिँड्दा दुख्ने गर्छ । यसले हातका साना जोर्नीमा पनि असर गर्न सक्छ । यो प्रायःजसो ४० वर्ष कटेका पुरूषमा देखिने बाथ हो । युरिक एसिडको बाथ महिला र बच्चामा धेरै देखिँदैन । यस बाथमा प्रायःजसो खुट्टाको बूढी औँला रातो भएर सुन्निएर बेस्सरी दुख्ने गर्छ र ४–५ दिनमै आफैँ निको भएर जान्छ । यस्तो दुखाई वर्ष्दिनमा २–३ पटक हुन सक्छ ।
यो बाथ तन्नेरी महिलामा बढी पाइन्छ । यसमा जोर्नीहरू दुख्नुका साथै कपाल धेरै झर्ने, मुखमा बारम्बार घाउ आउने, घाममा जाँदा अतिरिक्त पोल्ने र डाबर आउने तथा चिसोमा औँलाको रंग परिवर्तन हुनेजस्ता लक्षणहरू देखिन्छन् ।
मांसपेशीको बाथ ः यो पनि महिलामा बढी देखिने एक प्रकारको बाथ हो । यसमा शरीरका विभिन्न मांसपेशीहरू दुख्ने, कटकटी खाने, आलश्य लाग्ने, निद्रामा समस्या हुने, बारम्बार टाउको दुख्नेजस्ता लक्षण हुन सक्छन् । बाथ बच्चादेखि वृद्घसम्म सबै उमेरका मानिसमा देखिन सक्छ । उमेरअनुसार बाथको प्रकार र जटिलता फरक–फरक हुन्छ । यसैगरी, महिला र पुरूषमा पनि कुनै बाथ महिलामा बढी देखिन्छ भने कुनै पुरूषमा ।
बच्ने उपाय ः बाथ हुन नदिन त कुनै उपाय छैन । तर, बाथका जटिलताहरूबाट भने बच्न सकिन्छ । समयमा रोगको पहिचान र उपचार गरियो भने बाथ पूरै नियन्त्रणमा आउन सक्छ । बाथरोगको नियन्त्रणका लागि विभिन्न प्रकारका औषधिहरू र पद्धतिहरू उपलब्ध छन् ।
रोगको अवस्था र जटिलताअनुसार औषधिको प्रयोग गरिन्छ । बाथ भनेको दीर्घकालीन रोग भएकोले औषधि पनि प्रायः लामो समयसम्म नै चल्छ । तर, लक्षण सुरू भएको ३ महिनामा बाथको उपचार सुरू गर्न सकेमा बाथरोग पूरा नियन्त्रणमा रहेर औषधि खान नपर्ने अवस्था पनि आउन सक्छ ।
(लेखक चापागाई पोखराको ईन्द्रचोकस्थित मञ्चम आयुर्वेद क्लिनिकमा कार्यरत छन् ।)

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here