अन्तरवार्ता

बालबन्दीलाई प्रशिक्षण

ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा पस्र्याङ्गको आयोजनमा २ दिवसीय सुन्दर जीवनका रहस्यहरु विषयक प्रशिक्षण कार्यक्रम बाल सुधार गृह सराङ्गकोटमा सम्पन्न भयो ।
प्रशिक्षणमा मानव जीवनलाई सुन्दर बनाउनका लागि चाहिने आवश्यक ज्ञान, कला, सिप आदि विषयमा प्रशिक्षण दिंइएको थियो ।
ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमैलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जीवनलाई महान बनाउनको लागि महान संकल्प सोचहरु लाई हृदयदेखि नै मनमा ल्याउनु पर्ने त्यसका लागि असल संगत, शिक्षा र वातावरणको आवश्यकता भएको र त्यसता ठाउँहरुको पहिचान हुनुपर्ने बताए ।
राजयोग केन्द्र पस्र्याङ्गकी संचालिका ब्रह्माकुमारी सुधा दिदीले दैनिक जीवनमा आवश्यक पर्ने ससाना कार्यलाई पनि सहजकताका साथ गर्ने बानीको विकास गर्न सकेमा जीवन सफल हुने बताइन् ।
बाल सुधार गृहका भाइले यस्ता प्रकारका
साथै बाल सुधार गृहका प्रमुख रमा लामिछाने र ज्योति गुरुङ्गले प्रशिक्षणले हामीलाई अन्तर मन देखि सकारात्मक परिवर्तनको बाटो तफ लैजानको लागि उत्प्रेणा दिएको बताए ।
प्रशिक्षणमा १३ बर्ष देखि १९ बर्ष सम्मका विभिन्न अपराधमा संलग्न ७१ जना किशोर र युवा सहभागी थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here