अन्तरवार्ता

भारतलाई ठूलो झड्का, शिखर धवन विश्वकपबाट बाहिरिए

काठमाडौं, असार ४ । भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवन इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएका छन् ।

अष्ट्रेलियाविरुद्धको खेलकाक्रममा औंला भाँचिएपछि दुई खेलबाट बाहिरिएका धवनलाई निको हुन कम्तीमा एक महिना लाग्ने भएपछि विश्वकपबाट हटाइएको हो ।

उनी भारतका भरपर्दा ब्याट्सम्यान हुन् । उनले अष्ट्रेलियाविरुद्ध ११७ रन बनाएका थिए । उनको रोहित शर्मासँग राम्रो ओपनिङ साझेदारी रहँदै आएको थियो ।

धवन सुरुआतमा कम्तीमा दुई खेलमा बाहिरिएपछि उनको स्थान लोकेश राहुलले लिएका थिए । लोकेश र रोहितबीच पाकिस्तानविरुद्धको खेलमा राम्रो साझेदारी बनेको थियो ।

धवन विश्वकपबाटै बाहिरिएपछि आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त टिममा भित्रिएका छन् ।

निकै आक्रामक खेल्ने २१ वर्षीय ऋषभले अर्का विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकको सम्भावनालाई पनि रोकिदिएका छन् । ऋषभ इंग्ल्यान्ड पुगिसकेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here