अन्तरवार्ता

भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा

पोखरा, २५ असार

न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो । म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छँदा २ सय २१ रनमा अलआउट भयो ।
भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे । उनले ५९ बलमा ४ चौका र ४ छक्का हिर्काए । उनले महेन्द्रसिंह धोनीसँग सातौं विकेटका लागि १ सय १६ रनको साझेदारी गरे । जडेजा ४८ ओभरको पाँचौ बलमा आउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
४९ ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनी ५० रनमा रनआउट भए । त्यसपछि न्युजिल्यान्ड खेलमा हाबी देखिएको थियो । २ रन लिने क्रममा धोनीलाई न्युजिल्यान्डका मार्टिन गुपटिलले डाइरेक्ट हिटमार्फत रनआउट गरेका थिए ।
भारतका ओपनरद्वय लोकेश राहुल र रोहित शर्मा १–१ रनको झिनो स्कोरमा आउट भएका थिए । कप्तान विराट कोहली पनि १ रनमै पेभिलियन फर्केका भारत सुरुवातमै दबाबमा परेको थियो । दुवै ओपरनलाई न्युजिल्यान्डका माट हेरनीले विकेट किपर टम लाथमबाट क्याच गराएका छन् । कोहलीलाई ट्रेन्ट बोल्टले एलबिडब्लूको धरापमा पारेका थिए ।
दिनेश कार्तिक पनि ६ रनमा आउट भएपछि भारतले ९ ओभरमा २४ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो। त्यसपछि मैदान आएका रिशव पन्त र हार्दिक पाण्ड्याले ३२–३२ रन जोडेपछि भारतलाई राहत मिलेको थियो ।
बलिङमा न्युजिल्यान्डका माट हेरनीले ३ विकेट लिए । उनले १० ओभरमा ३७ रन दिए। ट्रेन्ट बोल्ड र मिचेल सान्टनरले २–२ विकेट लिए । लकी फर्ग्युसन र जेम्स निसम १–१ विकेट लिए ।
त्यससअघि बुधबार ४६.१ ओभरबाट ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन जोड्यो । न्युजिल्यान्डले बुधबार ३.१ ओभरमा २९ रन जोड्दा थप ३ विकेट गुमायो ।
म्यानचेस्टरमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २ सय ११ रन बनाएर खेलिरहँदा वर्षा भएको थियो। त्यसपछि बुधबारका लागि खेल स्थगित गरिएको थियो ।
मंगलबार ६७ रन बनाएर खेलिरहेका रोश टेलर थप ७ रन जोड्दा रनआउट भए। उनले ७४ रन जोड्ने क्रममा ९० बलमा ३ चौका र १ छक्का हिर्काए।

मंगलबार टम लाथम ३ रन बनाएर खेलिरहेका थिए। उनी थप ३ रन जोडेर आउट हुने क्रममा १० रनमा आउट भए । मिचेल सान्टनरले नटआउट १० रन जोडे । त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए । हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए । जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए ।
भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए । पहिलो दिन १ विकेट लिएका भारतका भुवनेश्वरले बुधबार २ विकेट हात पारे । बलिङमा भारतका चार बलरले १–१ विकेट लिए । जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here