अन्तरवार्ता

मगर संघमा पुनः आले

पोखरा, १० भदौ
नेपाल मगर संघ, ढुंगेसाँघु एकाइ समिति, पोखराको अध्यक्षमा चन्द्रबहादुर आलेमगर पुनः अर्को कार्यकालका लागि चयन भएका छन् । एकाइको पाँचौं अधिवेशनबाट उपाध्यक्षमा लोकमाया थापामगर, सचिवमा खिलाप दर्लामीमगर, सह–सचिवमा अनु छम्पालीमगर, कोषाध्यक्षमा सरिता थापामगर र सहकोषाध्यक्षमा सिर्जना रानामगर चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा नेत्रमाया थापामगर, शोभा आलेमगर, टोपकुमारी रानामगर, अम्मरबहादुर थापामगर, श्रीमाया आलेमगर, कर्णबहादुर थापामगर, सञ्जय छम्पालीमगर, सीता थापामगर र रामकुमारी थापामगर चयन भएका छन् ।
नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको प्रमुख आतिथ्यमा भएको अधिवेशनलाई नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, प्रेम आलेमगर लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here