अन्तरवार्ता

महिलाले सराप्ने चिज नबेचौं ः उप्रेती

पोखरा, २३ असार

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले राज्यले मदिरा र सुर्तीजन्य पदार्थको राजस्वबाट आर्थिक समृद्धि नखोजेको बताएका छन् । उनले मदिराजन्य र सूर्तीजन्य पदार्थ नियन्त्रण हुनुपर्छ भन्ने मान्यतामा राज्य रहेको स्पष्ट पारे ।
साथै उनले महिला तथा दुनियाँले सराप्ने चिज सुर्तीजन्य पदार्थ र मदिरा विक्री तथा उपयोग सकभर नगर्न आग्रह गरे ।
मदिरा व्यवसायी समिति कास्कीले पोखराले आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उप्रेतीले व्यवसाय बुझेरमात्र गर्न आग्रह गर्दै नबुझि गरे ठूलो जरीवानामा परिने बताए ।
मानव स्वास्थ्य र वातावरण प्रतिकुलका सामग्रीमा अन्तशुल्क लाग्ने गरेको भन्दै उनले सरकारको चाहना मदिरा तथा सुर्तीजन्य पदार्थको खपत न्यूनीकरण होस् भन्ने चाहना रहेको बताए ।
उप्रेतीले मदिराको कारोबार गर्ने व्यवसायीले कर छलेको पाइएमा जेल हाल्ने व्यवस्था रहेको भन्दै उनले विल नकाटी समान विक्री गर्नेलाई १० हजार र किन्नेलाई १ हजार जरीवाना गराउने बताए ।
उक्त अवसरमा राजश्व कार्यालयका कर अधिकृत उद्धवराज न्यौपानेले आर्थिक ऐन २०७६ ले व्यवस्था गरेका कर व्यवस्थापन बारे प्रशिक्षण दिएका थिए । उनले हालको नीति अनुरुप पेट्रोलियम पदार्थ र ग्यासमा कर कट्टी नहुने र ५ लाख भन्दा बढीको काम भ्याट वाला ठेकेदारलाई मात्र लगाउनुपर्ने व्यवस्था आएको जानकारी दिए ।
समितिका अध्यक्ष रुपनारायण भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विजय गिरी र सञ्चालन महासचिव डिल्लीराम पनेरुले गरेका थिए भने कार्यक्रम संयोजक कृष्णप्रसाद गौतम रहेका थिए ।
कार्यक्रममा व्यवसायीहरू धन पराजुली, बाबुराम उपाध्याय, महेन्द्र सापकोटा, रामचन्द्र सापकोटा लगायतले जिज्ञासा राखेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here