पोखरा, २६ असोज
नेकपाले पोखरा ११ मा पनि निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ । नेकपाले मंगलबार पोखरा ११ फूलबारीमा निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । कार्यालयको कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उम्मेद्वार भट्टराईले महिलालाई परनिर्भरताबाट अन्त्य गर्नुपर्ने बताइन् । महिलालाई शिक्षा र आर्थिक सशक्तिकरणको माध्यमबाट परनिर्भरता अन्त्य गरी आत्मनिर्भर बनाउनुपर्ने बताइन् ।
उम्मेद्वार भट्टराईले महिलालाई उद्यमशील बनाउन सके त्यसले समृद्धिमा सघाउने पनि बताइन् । उनले स्वर्गिय रबिन्द्रका अधुरा सपना र योजना पूरा गर्नका लागि आफू उम्मेद्वार बनेको भन्दै आफूलाई बिजयी गराएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउने अभियानमा ईट्टा थप्न आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणि जंगलीले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियान सफल बनाउनका लागि नेकपाको उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।
कार्यक्रममा नेकपा वडा सचिव कुमार क्ष्ँेत्री र देबेन्द्र बास्तोलालगायतल पनि विद्यालाई जिताएर रबिन्द्रका अधुरा सपना र योजना सफल बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उम्मेद्वार विद्याले ९७ वर्षिया आमा जानुका खत्रीसँग आशिर्वाद लिएकी थिइन् ।
यस्तै पोखरा वडा नम्बर ३३ मा पनि नेकपाले निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ । कार्यालयको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक रहेको र नेकपाकी उम्मेद्वार विद्या सबै हिसाबले उपयुक्त पात्र भएकाले सूर्य चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह गरे ।
यता, नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले भूमिहीन, सुकुम्वासीको समस्या समाधान गर्न नसके अर्को निर्वाचनमा भोट माग्न नआउने बताएका छन् । नेकपा महिला निर्वाचन परिचालन उपसमितिले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी भन्छौं अब आउने चुनावमा भूमिहीन, सुकुम्वासीहरु र बसपार्कको समस्या समाधन नगरी सूर्य चिन्ह बोकेर भोट तर्पाहरुका कहाँ माग्न आउने छैनांै । यो पनि म ठोक्कुवा गर्छु ।’
नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले सरकारले धेरै विकासका काम गरेको बताउँदै हिजोको निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गरेकाले भोट माग्न थुप्रै एजेण्डा रहेको बताए । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले ३० वर्षदेखि पार्टीमा क्रियाशिल लगनशील व्यत्तिलाई उम्मेदवार बनाएको बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, कास्कीका सचिव बखानसिंह गुरुङ, महिला परिचालन समितिका संयोजक एवं गण्डकी प्रदेश सांसद गायत्री गिुरुङ र महिला नेत्री रत्ना गुरुङ लगायतले बोलेका थिए ।
यसैबीच मंसिर १४ गते कास्की २ मा हुने उपनिवाचनलाई प्रभावकारी बनाउन पोखरा महानगरपालिका वडा नम्वर ८ मा चुनाव प्रचार प्रसार उपसमिति गठन गरिएको छ । नेकपा केन्द्रीय सदस्य एवं कास्की सहइन्चार्ज शारदाप्रसाद सुुवेदी उक्त कार्यालय शुभारभ गरेका हुन् ।
बैकठले उत्तम पोखरेलको संयोजकत्वमा १ सय ७१ सदस्यीय निर्वाचन प्रचार प्रसार उपसमिति गठन गरेको छ भने भेलाले २५ सदस्यीय सचिवालय समेत गठन गरेको छ । त्यस्तै पोखरा ८ मा १२ वटा टोल कमिटी समेत गठन गरेको छ । फोनस कार्की, कृष्ण दाहाल, रमेश पौडेल, संजिव बराल, जीवन जिसी, नविन गिरी, राजेन्द्र जोशी, योगेन्द्र कँुवर र महेन्द्र कुवरलाई टोल कमिटिको जिम्मेवारी तोकिएको छ ।
यसैगरी चुनावी प्रचार कार्यक्रम अन्र्तगत नै मंगलबार पोखरा १५ स्थित खरबारी टोलमा घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की सचिव एवं चुनाव प्रचार कमिटि वडा नं १५ का ईन्चार्ज बखान सिंह तमुले सूर्य चिन्हमा मतदान गरी उम्मेदवार विद्या भट्टराईलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे ।
पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडामा भईरहेका विकास निर्माणका कामहरुबारे अवगत गराउँदै आगामी योजनाहरुबारे जानकारी दिएका थिए ।
उक्त टोल खेम नारायण पौडेलको संयोजकत्वमा ४५ सदस्यीय चुनाव प्रचारप्रसार परिचालन कमिटी बनेको र कमिटिले टोलबासीलाई मतदानबारे जानकारी दिनुका साथै बदर नहुँने गरी भोट गर्ने तरिका सिकाउने वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले बताए ।
यसैगरी उम्मेदवार विद्या भट्टराई मत माग्द पोखरा २१ पुगेकी छन् । उनले ९३ वर्षीय छवि पहारीबाट आशिर्वाद लिएकी थिइन् ।
‘रविन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छांै,’ भन्दै पहारीले भने, ‘रविन्द्र र सबै जनताको सपना अब तिमीले पूरा गर्नुपर्छ ।’
यसैगरी मंगलबारै पोखरा ३३ मा पनि नेकपाले निर्वाचन परिचालन कमिटी कार्यालय स्थापना गरेको छ । कार्यालयको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले उद्घाटन गरे । कार्कीले समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक रहेको र नेकपा उम्मेद्वार विद्या सबै हिसाबले उपयुक्त पात्र भएको दाबी गरे ।
नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ ले प्रचार अभियानलाई तीव्रता दिएको छ । यस्तै वडाको महिला समितिले भेला आयोजना गरी चुनावी प्रचार रणनीतिबारे छलफल गरेको छ । युवाको भेलाले पनि प्रचार अभियानलाई सघाउने रणनीति तय गरेको कमिटी संयोजक निर्मल आचार्यले बताए ।
यस्तै नेकपाले पोखरा १७ को महतगौंडामा निर्वाचन कार्यालय खोलेको छ । कार्यालयको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले उद्घाटन गरे ।
महिला आत्मनिर्भर बन्नुुपर्छ ः विद्या

Leave a Reply