अन्तरवार्ता

मिडिया कप फुटसल आजदेखि

पोखरा, ९ भदौ
पोखरामा आजदेखि पोखरा मिडिया कप फुटसल प्रतियोगिता हुदैंछ । फुटसल प्रतियोगिताको पूर्व सन्ध्यामा गन्थन डटकमको टोलीलाई २ संस्थाले जर्सी प्रायोजन गरेका छन् ।
पोखराको होटल क्राउन हिमालयले गन्थन डटकमको ए टोलीलाई जर्सी प्रायोजन गरेको हो । होटलका सञ्चालक आग्रह अर्यालले टिम कप्तान पूर्ण न्यौपाने र व्यवस्थापक एवं गन्थन डटकमका सञ्चालक सागरराज तिमिल्सिनालाई जर्सी हस्तान्तरण गरेका थिए ।
यसैगरी गन्थनकै दोस्रो रोजाईको बी टोलीलाई मेरो साथी टिभीले प्रायोजन गरेको छ । मेरो साथी टिभीका सञ्चालक सुरेश सुनारले कप्तान विजन अधिकारीलाई जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी १०÷१० थान (सेट) हस्तान्तरण गरिएको हो ।
अर्याल र सुनार दुवैले मिडिया कपमा सफलताको शुभकामना समेत व्यक्त गरे । होटल क्राउन हिमालनमा ३८ वटा स्तरीय कोठा छन् भने विभिन्न कार्यक्रम गर्नका लागि हल, व्यवस्थित पार्किङ लगायत रहेको छ । फुटसल प्रतियोगिताको आयोजना जक्सन डटकम र सिक्स्टिन प्रोडक्शन गरेका हुन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here