पोखरा, २६ साउन
जक्सन डटकम र १६ प्रोडक्शन को सहकार्यमा पहिलो पटक मिडिया कप फुटसल हुने भएको छ। आउँदो भदौ को १० र ११ गते गणेश टोलमा रहेको स्पोट्स क्यासलमा प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार , प्रस्तोता , सम्पादक, क्यामरापर्सन, टेक्निसियन लगाएतका ले सहभागिता जनाउन सक्नेछन । खेलकुद ले भातृत्वको विकास गर्न सबैभन्दा छिटो भुमिका खेल्ने सबै लाई एकै ठाउँमा ल्याएर आपसमा रमाइलो संगै भाइचाराको विकास हुने र करिव ३० वटा समुहको सहभागीता रहने अनुमान रहेको फुटसल आयोजक संस्था जकसन डटकममा अरुण गिरीले बताए।प्रतियोगीतामा प्रथम हुने टिमलाई पुरस्कार स्वरुप नगद रु.३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय हुनेलाई नगद रु.२० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीतामा उत्कृष्ट खेलाडीलाई नगद रु.५ हजार, सर्वा्धिक गोलकर्तालाई नगद रु.३ हजार, अनुसासित टिमलाई नगद रु.५ हजार प्रदान गरिने छ ।खेल लाई प्रभावकारी बनाउन पत्रकार महासंघ गण्डकी प्रदेश का अध्यक्ष त्रिभुवन पौडेललाई प्रमोटर का रूपमा सहभागि गराउन पाउदा निकै खुसी भएको फुटसल संयोजक विष्णु प्रसाद गौतमले बताए। प्रतियोगीतामा सहभागीताका लागी नगद रु.५ हजार दर्ता शुल्क तोकिएको छ ।
Leave a Reply