अन्तरवार्ता

‘मिस वर्ल्ड’को ‘टप ४०’ मा अनुष्का

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगिसकेकी छिन्

। डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वर्ल्ड’को लागी अनुष्काले हेड टु हेड च्यालेन्जको दोस्रो राउन्डमा मिस इन्डोनेसियालाई हराउँदै ‘टप ४०’ मा पर्न सफल भएकी छिन् । यसै गरी उनी ‘ब्युटी विथ पर्पोज’को लागी टप १० मा पर्न सफल भएको छिन् । अर्को प्रतिस्पर्धा मल्टिमिडियामा नेपाल अलिकति पछाडि परेको छ ।

उल्लेख्य रूपमा भोट भए पनि युक्रेन र भियतनाम नेपाल भन्दा अघि पुगेका छन् । भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । अनुष्काले सर्वाधिक भोट ल्याएमा ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसले उनलाई उत्कृष्ट २० मा सोझै पुर्‍याउनेछ ।  गत वर्ष मिस मेक्सिको भेनेसा पोन्सले मिस वर्ल्डको ताज पहिरिएकी

थिइन् भने मिस नेपाल शृङ्खला शीर्ष १२ सम्म पुग्न सफल भएकी थिइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here