अन्तरवार्ता

मुख्यमन्त्री–चिनिया प्राध्यापकबीच भेटवार्ता

कास्की ३१ असार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार चिनिया प्राध्यापकको टोलीसंग भेटघाट गरेका छन । हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ सुविन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकहरुको समुहले मुख्यमन्त्री गुरुङसंग छलफल गरेका हुन् ।
मुख्यमन्त्रीको कार्यलायमा भएको भेटघाट मुख्यमन्त्री गुरुङले टोलीलाई गण्डकी प्रदेशको अवास्था र प्रदेशले लिएको कार्यदिशाको बारेमा जानकारी गराएका थिए । उनले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउँदै यसले दुवै देश लाभदायक हुने समेत बताए ।
मुख्यमन्त्री गुरुङले पर्यटन र खेलकुदको क्षेत्रमा लागानी गरिदिन सो टोलीलाई आग्रह गरेका थिए । जवाफमा चिनिया टोलीले आफ्नो लगानीकर्ता नेपालमा लगानी गर्न ईच्छुक रहेको तर त्यसका लागि अनकुलता आवश्यक रहेको बताए ।
गण्डकी प्रदेशमा अनुकुल वातावरण बनाउन आफू तयार रहेको मुख्यमन्त्री गुरुङलाई आश्वसन दिए । चिनिया टोलीले होङसी सिमेन्टले भोगिरहेको समास्याको विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
मुख्यमन्त्री गुरुङले यसबारे आफू अवगत रहेको र प्रदेश ५ संग अहिले समास्या सम्वन्धित रहेको जानकारी गराएका थिए । होङसी सिमेण्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरिरहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here