अन्तरवार्ता

मोदीलाई कांग्रेस सभापति देउवाको बधाई

काठमाडौं : नेपाली कांग्रेसका सपभाति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। सभापति देउवाले लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले ठूलो फलता हासिल गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दललाई बधाई दिएका हुन्।

देउवाले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र लेखेर बधाई दिएको कांगेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गरेको पौडेलले जानकारी दिए।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here