अन्तरवार्ता

राखेप सदस्य सचिवमा सिलवाल

काठमाडौं, २३ असार

राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन् । मन्त्रिस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको शपथ लिएका हुन् । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूदमन्त्री अध्यक्ष रहने प्रावधान छ ।
सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष थिए ।
सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत हुन् । राखेपको १८औँ सदस्य सचिवका रुपमा नियुक्त भएका सिलवालले शपथ ग्रहणका साथै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बाहलीसमेत गरे । उनले सबैलाई साथमा लिएर काम गर्ने र कोही कसैसँग आग्रह पूर्वाग्रह राखेर काम नगर्ने बताए ।
सदस्य सचिव सिलवालले आशन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को आयोजनाका लागि हरेक दिन तालिका बनाएर काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here