अन्तरवार्ता

राष्ट्रपतिले वियर ग्लास सामउन नजान्दा विश्वले उडाए नेपालको खिल्ली

नेपालका राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागतकालागि चिनियाँ राष्ट्रपति सि चिनपिङलाई दिएको रात्रिभोजमा प्रयोग भएको पिय पदार्थको गिलास समाजिक संजालमा चर्चाको विषय बनेको छ । रोगास्का क्रिस्टल लिबर्टी नामको उक्त वाइन गिलासको जोडि मुल्य ५० डलर अर्थात् ५ हजार रुपैँया रहेको छ ।Image may contain: 2 people, people smiling

दोश्रो किस्सा भने राष्ट्रपति भण्डारीको समात्ने तरिका रहेको छ । उनले सिसँग चियर्स गर्दा ग्लास समातेको तरिकाका बारेमा खिल्ली उडाइएको छ । उनले वाइन गिलास तल समात्नु पर्नेमा माथीनै समातेकि थिइन् ।

त्यसैगरि, राष्ट्रपति सीले भण्डारीसँग गिलास ठोकाउँदा सीको गिलास समकक्षी भण्डारीको भन्दा तल रहेको विषयलाई पनि समाजिक संजालमा चर्चा भएको छ । सीले गिलास तल पारेर विनम्रता देखाएका छन् । किनभन्, चिनियाँ समाजमा गिलास तलमाथि हुनुको ठूलो अर्थ हुन्छ । चिनियाँहरु आफूभन्दा ठूला वा सत्कार गर्नुपर्ने व्यक्तिसँग गिलास ठोक्काउँदा आफ्नो गिलास अलिकति तल झुकाउने गर्दछन् ।

सीले देखाएको विनम्रतालाई सबैले प्रशंसा गरेका छन् । विश्वकै शक्तिशालि व्यक्ति भएर पनि नेपाल जस्तो अल्प विकसित देशका राष्ट्रपतिप्रति सीले देखाएको विनम्रतामा धेरैले, ‘फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ ’ भन्दै प्रतिक्रिया जनाएका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here